बझाङको सदरमुकाम चैनपुरमा बजार अनुगमन ८० हजार मुल्य बराबरका अखाद्य बस्तु बरामत गरी नष्ट

Image
Nisarga Hospital

बझाङ: बजार अनुगमन गर्ने जिम्मेवारी अहिले स्थानीय समेत रहेको भए पनी केहि स्थानीय तहका जनप्रतिनिधीले बजार अनुगमन गर्नका लागी चाँसो नदीएको पाईएको उभोत्ताहरुले गुनासो गर्ने गरेका छन् । नागरीक समाजका अगुवा धर्मजंग बहादुर सिहँका अनुसार, स्थानीय सरकार आएपछी धेरै जस्तो ग्रामिण बस्तिहरुमा रहेका पसलहरुमा बजार अनुगमन हुन नसकेको बताए ।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्लामा रहेको घरेलु तथा साना उद्योग विकास कार्यालयले, जिल्ला प्रशासन कार्यालयले समय समयमा बजार अनुगमन गर्ने गरेको बताए । स्थानिय सरकार र यहाँका जनप्रतिनिधीहरुले पनि बजार अनुगमनमा ध्यान दिन जरुरी रहेको सिहँले सुझाब दिए ।स्थानीय सरकारले चाँसो नदिए पनि घरेलु तथा साना उद्योग कार्यालय बझाङले भने चाँसो दिएर अनुगमन गर्दै आई रहेको छ ।

जस अनुसार शुक्रबार बझाङको सदरमुकाम चैनपुरमा बजार अनुगमन गरीएको छ । नयाँ बर्ष आउनै लाग्दा जिल्ला बाट अखाद्य बस्तुहरु बढी जस्तो ग्रामिण बस्तिहरुमा विक्री हुने भएका कारण सो कुरालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गर्न थालेको हो । शुक्रबार सदरमुकाम चैनपुरमा रहेका विभिन्न खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा ८० हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको हो । होलसेल ब्यावारीको भन्दा अखाद्यय तथा म्याद समाप्त भएका विभिन्न खाद्य पदार्थ र पिय पदार्थ स सना र खुद्रा पसलहरु बाट बरामत गरीएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालय प्रमुख मान बहादुर धामीले बताए ।

सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल ब्यापारीहरुले म्याद सकिन लागेको र म्याद समाप्त भएका अखाद्य र म्याद सक्कीएका खाद्य पदार्थ तथा पिय पदार्थ ग्रामीण बस्तिहरुमा विक्री गर्ने गरेको गुनासो आउन थालेपछी बजार अनुगमनलाई तिब्रता दिएको धामीले बताए । उनले भने,‘साना तथा खुद्रा ब्यापारिहरुले सामान किनेर लिदा सामानको म्याद नहेरेर लिने गरेको आफुहरुले पाईएको बताए । जसका कारण आम उपभोत्ताहरुले यसको प्रत्येक्ष मार खेप्नु परेको बताए । यसरी पटक पटक अनुगमन गर्दा आम उपभोत्ताहरु पनि सचेत हुने र ब्यापारीहरु समेत सजक हुने भएका कारण घरेलु तथा साना उद्योग कार्यालय बझाङले पटक पटक बजार अनुगमन गर्दै आएको बताए । सदरमुकाम चैनपुरको आधा बजारमा मात्रै शुक्रबार गरीएको अनुगमन बाट ८० हजार मुल्य बराबरका पिय पदार्थ, खिसमिस, ्आदी फेला परेको उनले जानकारी दिए । उनले उक्त बरामत गरीएको अखाद्य र म्याद समाप्त भएका सबै सामानलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योगका प्रतिनिधी,जयपृथ्वी नगरपालिकाका प्रतिनिधी, र पत्रकारको रोहबरमा नष्ट(जलाईएको) गरीएको बताए’।

एउटै पसल बाट २५ हजार मुल्य बराबरका म्याद समाप्त भएका सामानहरु फेला परेको थियो । होलसेल भन्दा पनि खुद्रा पसलहरु बाट बढी जस्तो अखाद्य पदार्थ तथा म्याद समाप्त भएका सामानहरु र पिय पदार्थहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर लोकेन्द्र ठगुन्नाले बताए । ठुला र होलसेल ब्यापारीहरुले म्याद समाप्त हुन लागेका सामान र पिय पदार्थ खुद्रा ब्यापारीहरुलाई भिडाउने गरेको अनुगमनका क्रममा पाईएको छ । यस्तै यस्ता प्रकारका सामान र पिय पदार्थहरु ग्रामीण बस्तिहरुमा सप्लाई गर्ने गरेको पाईएको छ । यसको रोकावटका लागी सरोकार वाला निकायहरुले मात्रै ध्यान दिएर नपुग्ने बताए ईन्स्पेटर ठगुन्नाले बताए । उनले भने, यस्तो विषयमा आम उपभोत्ताहरुले नै ध्यान दिएको खण्डमा अखाद्य पदार्थ तथा म्याद समाप्त भएका सामान र पिय पदार्थहरु खरीद गर्दा म्याद (समयवधि) भए नभएको एकीन गरेर मात्रै सामान गरीद गर्नु पर्ने बताए । बजार अनुगमनलाई निरन्त्रता दिने घरेलु तथा साना उद्योगले जनाएको छ ।