
बझाङ: शुक्रबारर शनिबार बझाङको सदरमुकाम चैनपुरमा बजार अनुगमन गरीएको छ । नयाँ बर्ष आउनै लाग्दा जिल्ला बाट अखाद्य बस्तुहरु बढी जस्तो ग्रामिण बस्तिहरु र खुद्रा पसलहरुमा विक्री हुने भएका कारण सो कुरालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गर्न थालेको हो । शुक्रबार र शनिबार सदरमुकाम चैनपुर, सिमखेत, पक्किपुल, बसपार्क र दौलिचौर टोलमा रहेका विभिन्न खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा १ लाख ४० हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको हो ।

होलसेल ब्यावारीहरुको पसलहरुमा भन्दा अखाद्य तथा म्याद समाप्त भएका विभिन्न खाद्य पदार्थ र पिय पदार्थहरु स सना खुद्रा पसलहरु बाट बरामत गरीएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालय प्रमुख मान बहादुर धामीले बताए । सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल ब्यापारीहरुले म्याद सकिन लागेको र म्याद समाप्त भएका अखाद्य र म्याद सक्कीएका सामानहस् र पिय पदार्थ ग्रामीण बस्तिहरुमा विक्री गर्ने गरेको गुनासो आउन थालेपछी बजार अनुगमनलाई तिब्रता दिएको धामीले बताए । उनले भने, ‘साना तथा खुद्रा ब्यापारिहरुले सामान किनेर लिदा सामानको म्याद नहेरेर लिने गरेको आफुहरुले पाईएको बताए । जसका कारण आम उपभोत्ताहरुले यसको प्रत्यक्ष मार खेप्नु परेको धामीले बताए ।

यसरी पटक पटक अनुगमन गर्दा आम उपभोत्ताहरु पनि सचेत हुने र ब्यापारीहरु समेत सजक हुने भएका कारण घरेलु तथा साना उद्योग कार्यालय बझाङले पटक पटक बजार अनुगमन गर्दै आएको बताए । सदरमुकाम चैनपुरको आधा बजारमा मात्रै शुक्रबार गरीएको अनुगमन बाट ८० हजार र शनिबार गरीएको बजार अनुगमनका क्रममा ६० हजार गरी जम्मा १लाख ४० हजार मुल्य बराबरका अखाद्य बस्तु , पिय पदार्थ, खिसमिस, ्आदी फेला परेको उनले जानकारी दिए । उनले उक्त बरामत गरीएको अखाद्य र म्याद समाप्त भएका सबै सामानलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालयका प्रमुख तथा प्रतिनिधी र पत्रकारको रोहबरमा नष्ट(जलाईएको) गरीएको बताए’।

अनुगमन टोलीले शुक्रबार र शनिबार एउटै पसल बाट २५ हजार देखी १० हजार सम्म मुल्य बराबरका म्याद समाप्त भएका सामानहरु फेला परेको थियो । होलसेल पसलहरु भन्दा बढी खुद्रा पसलहरु बाट अखाद्य पदार्थ तथा म्याद समाप्त भएका सामानहरु र पिय पदार्थहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक (ईन्स्पेटर) लोकेन्द्र सिहँ ठगुन्नाले बताए । ठुला र होलसेल ब्यापारीहरुले सामानको म्याद समाप्त हुनै लागेका सर सामानहरु र पिय पदार्थ खुद्रा ब्यापारीहरुलाई विक्री गर्ने गरेको अनुगमनका क्रममा पाईएको छ । यस्तै प्रकारका सामान र पिय पदार्थहरु ग्रामीण बस्तिहरुमा सप्लाई गर्ने गरेको पाईएको उनले बताए । यसको रोकावटका लागी सरोकार वाला निकायहरुले मात्रै ध्यान दिएर नपुग्ने बताए ईन्स्पेटर ठगुन्नाले बताए । उनले भने, यस्तो विषयमा आम उपभोत्ताहरुले नै ध्यान दिएको खण्डमा अखाद्य पदार्थ तथा म्याद समाप्त भएका सामान र पिय पदार्थहरु खरीद गर्दा म्याद (समयवधि) भए नभएको एकीन गरेर मात्रै सामान गरीद गर्नु पर्ने बताए । बजार अनुगमनलाई निरन्त्रता दिने घरेलु तथा साना उद्योगले जनाएको छ ।































