घरेलु तथा साना उद्योग बझाङले गर्यो २ लाख ७५ हजार मुल्य बराबरका अखाद्य बस्तु र पिय पदार्थ नष्ट

Image
Nisarga Hospital

बझाङः तिन दिन सम्म बजार अनुगमन गर्दा २ लाख ७५ हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको छ । सदरमुकाम चैनपुरमा एउटै पसल बाट १ लाख ३५ हजार मुल्य बराबरका मिरिन्डा र पेप्सी नष्ट गरेको हो । उपभोत्ताहरु र खुद्रा ब्यापारीहरुले दिएको सुचनाका आधारमा हाम्रो टे«डस लगायतका अन्य पसलहरुको गोदाममा चेकजाँच गर्दा एकै दिन १ लाख ३५ हजार मुल्य बराबरको म्याद नाघेका पिय पदार्थहरु फेला पारेर नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय बझाका कार्यालय प्रमुख मान बहादुर धामीले जानकारी दिए । कार्यालयमा धामी आएपछी बजार अनुगमनले निरन्त्रता पाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सक्रियतामा पछिल्लो समय बजार अनुगमन भै रहेको छ ।

CP Hospital Dhangadhi

यस्तै शुक्रबार र शनिबार सदरमुकाम चैनपुर, सिमखेत, पक्किपुल, बसपार्क र दौलिचौर टोलमा आदी ठाउँ रहेका विभिन्न खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा १ लाख ४० हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको धामीले बताए । सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल ब्यापारीहरुले म्याद सकिन लागेको र म्याद समाप्त भै सकेका सामानहरु र पिय पदार्थ ग्रामीण बस्तिहरुमा विक्री गर्ने गरेको गुनासो आउन थालेपछी बजार अनुगमनलाई तिब्रता दिएको उनले बताए । धामीले भने, ‘साना तथा खुद्रा ब्यापारिहरुले सामान किनेर लिदा सामानको म्याद नहेरेर लिने गरेको हामीले पाएका छौ । जसका कारण आम उपभोत्ताहरुले यसको प्रत्यक्ष मार खेप्नु परेको छ ।

nawajiwan

Attariya Hospital

यसरी पटक पटक अनुगमन गर्दा आम उपभोत्ताहरु पनि सचेत हुने र ब्यापारीहरु समेत सजक हुने भएका कारण घरेलु तथा साना उद्योग कार्यालय बझाङले पटक पटक बजार अनुगमन गर्दै आएको बताए । आफु घरेलुमा आई सकेपछी बजार अनुगमन संग संगै अन्य कामहरुलाई पनि तिब्रता दिएको बताए । विभिन्न पसलहरु बाट बरामत गरीएको अखाद्य र म्याद समाप्त भएका सबै सामानलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधी र पत्रकारको रोहबरमा नष्ट (जलाईएको) गरीएको बताए’।

प्रहरी निरिक्षक (ईन्स्पेटर) लोकेन्द्र सिहँ ठगुन्नाले ठुला र होलसेल ब्यापारीहरुले सामानको म्याद समाप्त हुने समयमा सामानहरु र पिय पदार्थ खुद्रा ब्यापारीहरुलाई भिडाउने गरेको अनुगमनका क्रममा पाईएको छ । यस्तै प्रकारका सामान र पिय पदार्थहरु ग्रामीण बस्तिहरुमा सप्लाई गर्ने गरेको आफुले पाएको उनले बताए । यसको रोकावटका लागी सरोकार वाला निकायहरुले मात्रै ध्यान दिएर नपुग्ने बताउदै उनले भने, यस विषयमा आम उपभोत्ताहरुले नै सबै भन्दा बढी ध्यान दिने हो भने म्याद नै समाप्त भएका सामान र पिय पदार्थहरु खरीद गर्दा म्याद (समयवधि) भए नभएको एकीन गरेर मात्रै सामान गरीद गर्नु पर्ने बताए ।

Advertize US