गोदावरी नगरपालिकाद्वारा अत्तरिया चोकको सौन्दर्यकरण, बेहुली झै सिङ्गारियो (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशको प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्तरिया चोकले नयाँ स्वरूप पाएको छ। दैनिक हजारौँ मानिसको आवतजावत हुने यो चोकलाई थप आकर्षक बनाउन गोदावरी नगरपालिकाले विभिन्न योजनाहरू कार्यान्वयन गरेको छ।

CP Hospital Dhangadhi

अत्तरिया चोकमा हाईमास्ट लाईट सँगै ४० ओटा पोलहरुमा रङ्गीविरङ्गी बत्ती जडान गरिएसँगै अत्तरिया बजारको मुख्य चौराहा क्षेत्रका सडक बत्तीले रातको समयमा झिलीमिली बनेको छ ।

nawajiwan

चौराहाको पार्कमा लगाईएका खम्बामा स्ट्रिप लाइट (सेतो, नीलो र रातो) रङको बत्ती एकसाथ बल्न थालेसँगै अत्तरिया बजारको सुन्दरता बढाएको हो ।

नगरपालिकाले पछिल्ला दुई वर्षदेखि चोकलाई व्यवस्थित र रमणीय बनाउन थुप्रै सुधारहरू गरिसकेको छ। अनियन्त्रित रूपमा टाँसिएका विज्ञापन बोर्ड तथा पम्प्लेट हटाउने, नियमित सरसफाई गर्ने, विभिन्न प्रजातिका पुष्पवृक्ष रोप्ने, वाटर फाउन्टेन निर्माण गर्ने र हाईमास्ट लाइट जडान सँगै रातको समयमा रङ्गीचङ्गी देखिने गरी बत्ती जडान गर्ने काम सम्पन्न भएको छ।

Attariya Hospital

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका अनुसार अत्तरिया चोक सुदूरपश्चिमको महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट भएकाले यसको सौन्दर्यकरणलाई प्राथमिकता दिइएको छ। उनले नगर क्षेत्रका ६ लेन सडकमा तार जाली लगाउने कार्य सम्पन्न भै सकेको त सडक बत्तीको काम यही आर्थिक बर्षका सम्पन्न हुने बताएका छन ।

यसैगरी, नेपाली कांग्रेस कैलाली क्षेत्र न. ४ का सभापति बसन्त रोकाया ललितले अत्तरिया चोकको सौन्दर्यकरणका लागि नगरपालिकाले रंगीचंगी सजावट गरेको गरेको प्रति धन्यवाद ज्ञापन गरेका छन । गोदावरी नगरपालिका अब चोकमा सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, धार्मिक र पर्यटकीय महत्व झल्काउने तस्बिरहरू राख्ने योजना राख्न समेत सुझाव दिएका छन ।

यसैगरी, गोदावरी नगरपालिकाका नगरप्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टका अनुसार हामी पालिका भरी विकास निर्माण र सौन्दर्यकरणका लागि निरन्तर प्रयासहरू गर्दै गरेको र अत्तरिया चोकको सौन्दर्यकरणले अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाएको बताएका छन ।