बझाङका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था चिन्ताजनक

Image
Nisarga Hospital

बझाङ: दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा रहेको चौधारी मा.वि. मा कक्षा ८ मा अध्यनरत छात्र छात्रा गरी जम्मा ४० जना अध्यनरत छन् । जस मध्ये ३६ जना छात्र छात्राहरु मात्रै परिक्षामा सहभागी भए । ३६ जना सहभागीहरु मध्ये ३ जनाले मात्रै ८ कक्षा उतिर्ण गर्न सफल भए । बाँकी ३३ जनाले परिक्षामा उतिर्ण गर्न सकेनन् । यता भैरव आधारभुत विद्यालयमा अध्यनरत २५ जना विद्यार्थिहरु भर्ना भएकोमा १७ जना विद्यार्थिहरु परिक्षामा सहभागी बने भने १ जनाले मात्रै उतिर्ण गर्न सफल भए ।

CP Hospital Dhangadhi

दुर्गाथली गाउँपालिका स्तरिय पहिलो पटक सञ्चालन गरेको कक्षा ८ को पालिका स्तरीय आधारभूत तह लिएको परिक्षा फल सार्वजनिक गरिएको छ । बुधबार गरेको आधारभूत तह ८ कक्षाको नतिजा हेर्दा चिन्ताजनक पाईएको हो । पालिका भरी रहेका ९ वटा सामुदायिक विद्यालयहरुको नतिजा सार्वजनिक गर्दा जम्मा २३ जनाले मात्रै कक्षा ८ उत्तीर्ण गर्न सफल भएका छन् । पालिका भरी बाट जम्मा ३ सय ६ जना मध्ये २ सय ५३ जना छात्र छात्राहरु परिक्षामा सहभागी भएका थिए । जस मध्ये ५४ जना बिद्यार्थीको बिषय लागेको र उनिहरुले मौका परिक्षा दिन पाउने दुर्गाथलि गाउँपालिकाका शिक्षा संयोजक सुरेश बहादुर रावल बताए ।

nawajiwan

दुर्गा मावि विसौना बाट ८ कक्षामा जम्मा परिक्षार्थीहरुको संख्या ६७ जना थियो । परिक्षामा भने ५३ जना विद्यार्थि सहभागी बने । सहभागी मध्ये जम्मा २ जनाले मात्रै उत्तीर्ण भए । पालिका भरी रहेका ९ वटा सामुदायि विद्यालयहरु बाट सहभागी २ सय ५३ जना विद्यार्थिहरु मध्ये २३ जना मात्रै उतिर्ण हुन सफल भएका शिक्षा शाखा कार्यालय दुर्गाथलिले जानकारी दिएको छ ।

यस्तै सुर्यदय मावि वडा नम्बर ६ बाट ३४ जनामा २३ जना बिद्यार्थीको सहभागी थिए । जसमा ७ जनाले मात्रै परिक्षामा सफलता पायो । ३ जना बिद्यार्थीहरुको बिषय लागेको छ र उनिहरुले मौका परिक्षा दिन पाउने भएका छन् । मस्टा आधारभुत विद्यालय बाट २२ जना बिद्यार्थीमा २० जना बिद्यार्थीको परिक्षामा सहभागी मध्ये ४ जना मात्रै उतिर्ण भए । यहाँका ४ जनाले मौका परिक्षा दिन पाउने भएका छन् ।

गौरी माविमा ३६ जना बिद्यार्थीहरुमा ३३ जनाले परिक्षामा सामेल भए । जसमा एक जना मात्रै उतिर्ण भए । ८ जनाले मौका परिक्षा दिने छन् । थलचौर मावि बाट ३२ जना बिद्यार्थीमा २३ जना विद्यार्थिहरु परिक्षामा सहभागी भए । यस विद्यालयमा कुनै पनि विद्यार्थिले ८ कक्षा उतिर्ण गर्न सकेनन् ।

Attariya Hospital

नमादेव आधारभुत विद्यालयमा ३४ जना बिद्यार्थीहरुमा २८ जना विद्यार्थि परिक्षामा सहभागी भएका थिए । यस विद्यालय बाट १ जना मात्रै उतिर्ण भए । ३ जनाले मौका परिक्षा दिन पाउने छन् । भैरव मावि बाट ५ जनाले परिक्षा मौका परिक्षा दिन पाउने छन् । यस्तै महालिङ्ग आवि बाट जम्मा बिद्यार्थीहरुको संख्या २० रहेको थियो । जस मध्ये १६ जना परिक्षामा सहभागी भए । उनिहरु मध्ये ४ जना उत्तीर्ण भएका छन् । ३ जना बिद्यार्थीहरुले मौका परिक्षा शिक्षा शाखाका रावलले बताए ।

यो विजोग दुर्गाथली गाउँपालिकाको मात्रै नभएर यता केदारस्युँ गाउँपालिकाको पनि उस्तै छ । यस बर्ष कक्षा ८ को परिक्षा पालिकाले नै लिएको थियो । केदार स्युँ गाउँपालिका भरी बाट ५ सय ८७ जना छात्र छात्रा परिक्षामा सामेल भएका थिए । जस मध्ये सबै विषयमा ४६ जना छात्र छात्राहरुले मात्रै ग्रेड प्राप्त गर्न सफल भएका छन् । ति मध्ये ८० जना परिक्षर्थिहरु ग्रेडवृद्धि परिक्षामा सहभागी हुन पाउने छन् । पालिकाले ग्रेडवृद्धि परिक्षा चैतको २९ र ३० गते लिने भएको छ । पालिका भरी रहेका १८ वटा सामुदायिक विद्यालयहरु बाट ४ वटा परिक्षा केन्द्र तोकी परिक्षा संचालन गरेको केदार स्युँ गाउँपालिकाका शिक्षा संयोजक केशब भट्टले बताए ।
पालिकाले आफैले प्रश्न पत्र तयार गरी परिक्षा लिदाँ शिक्षाको गुणस्तर खस्कीएको पाएको बताए । उनले भने, ‘पालिका भरीको शैक्षिक अवस्था बुझ्नका लागी र पालिका बाट शैक्षिक गुणस्तर सुधारका लागी आवष्यक रणनिती तयार गर्नका लागी यसरी परिक्षा लिईएको हो । आगामी बर्षमा कसरी सुधार गर्न सकिन्छ र शैक्षिक गुणस्तर सुधार गर्न के विषयमा ध्यान दिनु पर्छ भने निती र कार्य विधी तयार गरेर अघि बढ्नमा यसले ठुलो सहयोग पुग्ने उनले बताए’।

यता दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले साुमदायिक विद्यालयको शैक्षिक गुणस्तर हेर्दा निकै चिन्ताजनक रहेको बताए । यसको सुधारका लागी पालिकाले गर्न सक्ने पहल र सरोकार वालाले खेल्नु पर्ने भुमिका विषयमा छलफल गरी अघि बढ्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर विग्रनु र यती कमजोर हुनुमा सबै भन्दा बढी जिम्मेवारी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले लिनु पर्ने र त्यसपछी विद्यालय ब्यावस्थापन समिती, शिक्षक अभिभावक संघ, अभिभावक र पालिकाका जनप्रतिनिधीले लिन जरुरी रहेको बताए । शैक्षिक गुणस्तर उकास्नका लागी सरोकारवाला सबैले ध्यान दिन जरुरी रहेको बताए ।

विथ्थडचिर गाउँपालिकामा पनि शैक्षिक गुणस्तरको अवस्था चिन्ताजनक रहेको पाईएको छ । गाउँपालिका भरी रहेका १३ वटा सामुदायीक विद्यालयका अध्यनरत ६ सय ३० जना छात्रछात्राहरु मध्ये १ ५२ जना मात्रै उर्तिणअथवा ग्रेडर भएका छन् । जस मध्ये ४ सय ७८ जना छात्रछात्राहरु अनुतिर्ण (ननग्रेडेड) भएका विथ्डचिर गाउँपालिकाका शिक्षा शाखाका प्रमख नर बहादुर धामीले बताए । पालिका भरी ५ वटा परिक्षा केन्द्र तोकेर परिक्षा लिईएको थियो । उनले भने , ‘सबै पालिकाहरुमा शैक्षिक गुणस्तर खस्कने अवस्थामा रहेको पाईएको छ । लामो समय सम्म कोभिडको कारणले विद्यिालयहरु संचालन नभएको र विद्यालयमा अध्यनरत विद्यार्थीहरुको अपग्रेड गरेका कारण अहिले विद्यार्थिहरु निकै कमजोर भएको आफुले पाएको बताए । यसका साथै यसका सरोकार राख्ने निकायहरु विषेश गरेर अभिभावकहरुको पनिचाँसो नदिने भएका कारण शिक्षाको अवस्था यस्तो रहेको बताए’।

यता जयपृथ्वी नगरपालिकाले भने कक्षा ८ को मात्रै परिक्षा नभएर पालिकाभरी रहेका सबै सामुदायीक विद्यालयहरुमा कक्षा ४ देखी ९ सम्म अध्यन गर्ने विद्यार्थिहरुको परिक्षा पालिकाले नै लिएको छ । उत्तरपुस्तिका चेकजाँच गर्नमा केही समय लाग्ने भएका कारण चैतको २० गते सम्म परिक्षा फल प्रकाशन गर्ने तयारी रहेको शिक्षा संयोजक निरज रेग्मीले बताए ।

# ट्रेण्डिङ