Image
Nisarga Hospital

धनगढी : नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैक सुदुरपश्चिम समितिले आयोजना गरेको अन्तरबैक ब्याडमिन्टन प्रतियोगिताको उपाधी सरकारी बैकले जितेको छ । शनिबार धनगढीमा भएको प्रतियोगितामा कृषि विकास बैक विजेता बन्यो भने राष्ट्रिय वाणिज्य बैकले उप विजेतामै चित्त बुझाउनु पर्याे ।

CP Hospital Dhangadhi

कृषि विकास बैकको तर्फबाट दिलबहादुर चौधरी र दिनेश न्यौपानेको टिम र राष्ट्रिय वाणिज्य बैकको तर्फबाट प्रभुराज जोशी र भागीराम चौधरीको टिम क्रमशः प्रथम र द्धितीय भएको प्रतियोगिताका एम्पायर प्रकाश सिंहले बताए । त्यसैगरी एनएमवि बैक र नवजिवन सहकारी संस्था तृतीय भएको उनले बताए । प्रतियोगितामा विभिन्न बैक तथा वित्तीय संस्थाबाट १६ टिमको सहभागीता रहेको थियो । प्रतयोगितामा प्रथम, द्धितीय र तृतीय टिमले क्रमश दश हजार, ६ हजार र दुई हजार पाच सय नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र पाउनेछन् । ब्याडमिन्ट प्रतियोगिताको प्रथम पुरस्कार उग्रतारा टेड एण्ड विजुली भण्डार अत्तरिया र दितीय पुरस्कार श्री जय मष्टा ट्रेड एण्ड सप्लायर्स धनगढीले प्रायोजना गरेको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्यको ३५ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना भएको हो । समितिले हरेक वर्ष बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा आपसी सद्भाव तथा हार्दिकता विकास गर्ने उदेश्यले खेलकुद प्रतियोगिता गर्दै आएको छ । यस वर्ष पनि ब्याडिमन्टन तथा फुटसल प्रतियोगिता आयोजना गरिएको छ । ब्याडिमन्टन प्रतियोगिता सम्पन्न भएपनि फुटसल प्रतियोगिता भने आगामी चैत्र २३ गते हुने नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्टिय वाणिज्य सुदुरपश्चिम समितिका अध्यक्ष दिपेन्द्र बहादुर भण्डारीले बताए ।

nawajiwan
Attariya Hospital

प्रतियोगिताको उद्घाटन राष्ट्रिय वाणिज्य बैक सुदुरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख राजेन्द्र आचार्यले गरेका थिए । उनले खेलकुदले कर्मचारीमा असल सम्बन्ध विकास भई कार्यजीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए । अन्तरबैक फुटसल तथा ब्याडन्टिन प्रतियोगिता अन्तर्गत फुटसल प्रतियोगितामा प्रथम हुने टिमल २१ हजार, द्धितीय हुने टिमले १५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । ब्याडमिन्टन तथा फुटसल दुवै प्रतियोगिताका विजयी खलाडीलाई पुरस्कार भने चैत्र २३ गते शनिबार एक औपचारिक समारोहका विच वितरण गरिने बताइएको छ ।

प्रतियोगितामा टाइटल स्पोन्सर राष्ट्रिय वाणिज्य बैक, मुख्य प्रायोजक मालिकार्जुन हार्डवयर प्रा.लि., शैक्षिक पार्टनर चैतन्य पाठशाला, सह प्रायोजकमा नेपाल कापी उद्योग उत्तरिया, तौसी टेर्डर्स धनगढी रहेका छन् ।

Advertize US