
धनगढी :कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं ३ मा रहेको लक्ष्मी लघुवित्त वित्तिय संस्थाले बिमा बापतको रकम हस्तान्तरण गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर १ की सदस्य चन्द्रकला जैसीको असमाहिक निधन भएपछि रकम हस्तान्तरण गरेको हो ।
बिमा रकम र काजकिरिया खर्च बापतको रकम ३ लाख २५ हजार रुपैयाँको चक मृतकका श्रीमान सम्पतप्रसाद जैसीलाई आर्थिक सहायता स्वरूप हस्तान्तरण गरेको छ ।


रकम बेलौरी नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष धनबहादुर बिष्ट, संस्थाका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख रमेश अर्याल, शाखाका शाखा प्रबन्धक गणेश देउवा, शाखाका कर्मचारीहरू तथा केन्द्रका अन्य सदस्यहरूको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षले संस्थाले सदस्यको परिवारलाई दिएको सहयोग प्रशंसनीय रहेको बताए । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, संस्थाका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखले लक्ष्मी लघुवित्तको महत्व तथा आवश्यकता, संस्थाले प्रदान गर्ने लघुकर्जा, लघुबिमा, हाल लघुबित्त बित्तिय संस्था प्रतिको बुझाईको जस्ता विषयमा जानकारी गराएका थिए ।
चेक प्राप्त गर्दै स्वर्गीय सदस्यका श्रीमानले संस्थाको सहयोगले कठिन परिस्थितिमा ठूलो राहत पुगेकोमा संस्था प्रति आभार व्यक्त गरेका थिए ।





























