सुर्मादेवी लोक साँस्कृतिक समाज फुलवारीको साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

धनगढीः सुर्मादेवी लोक साँस्कृतिक समाज फुलवारी वडा नम्बर १९ को प्रथम साधारण सभा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

सुर्मादेवी लोक साँस्कृतिक समाज फुलवारीकी अध्यक्ष फुलदेवी वोहोराको अध्यक्षतामा प्रथम साधारण सभा सम्पन्न भएको हो । यश समाजले बिगत लामो समय देखि काम गर्दै आएको र पछिल्लो समयमा गाँउघरमा लोभ हुदै गएको हरेक साँस्कृतिक र संस्कृति जगेर्ना गर्ने काम गरेको छ ।

nawajiwan
Attariya Hospital

साधारण सभा कार्यक्रममा घरेलु पशुपक्षी ब्यवसाय सस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर बमले समाजले हराउदै गएको संस्कार र संस्कृतिको जर्गेर्ना गरेकोले धनयबाद दिए ।

उनले यस्ता कार्यक्रमलाई निरन्तता दिन आवश्यक रहेको वताए । पुर्खेउली घर बझाङ भई हाल धनगढी उपमहानगरपालिका १९ फुलवारीमा बसाेबास गर्दै आएकाहरुले माैलिकपन नहरावस् भन्ने उदेश्यले निर्माण गरेकाे यश संस्थाले आगामी दिनहरुमा सबै नेपाली मनहरुलाई जोडेर लैजाने समजका अध्यक्ष फुलदेवी वोहोराले वताइन् ।

कार्यक्रममा विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिकाका वडा नम्बर १९ का नेपाली काँग्रेसका पार्टी सभापति मंगल बहादुर सिंह रहेका थिए भने कार्यक्रममा बिभिन्न झाँकी सहित सरोकारवालको उपस्थिति रहेको थियो ।

Advertize US