साउथ एसियन स्टार लामाको प्रस्तुति रहने

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा रहेको सौंराइ स्क्वायरमा ‘न्यू इयर इभ २०८२’ आयोजना हुँदैछ। नेपाली नयाँ वर्षलाई स्वागत गर्न भोलि (आइतबार) ‘न्यू इएर इभ’ हुन लागेको हो।

CP Hospital Dhangadhi

भोलि बेलुकी ७ बजेदेखि सौंराइ स्क्वायरमा न्यू इयर इभ आयोजना गरिएको सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनका अनुसार न्यू इयर इभमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ।कार्यक्रममा साउथ एसियन स्टार गायक अशुसेन लामा, गायिका सोनु कुश्मी र डीजे नेहाको प्रस्तुति रहने आयोजकले जनाएको छ।

यसका साथै डान्सर अनु खड्का र स्मृति थापाको पनि प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन गुणाकर पनेरूले गर्नेछन्। प्रवेश शुल्क २५० रुपैयाँ तोकिएको छ।

nawajiwan
Attariya Hospital

न्यू इयर इभ २०८२ को मुख्य प्रायोजकमा वेस्टर्न मिट मार्ट, स्टेपिङ्ग स्टोन ईङ्गलिस स्कुल, प्रतिज्ञा डेरी एण्ड स्विट्स र सिमरन स्टोर छन्। सह–प्रायोजकमा डीकेटी वाटर, रियल जुस, रेडबुल, समृद्धि फेन्सी स्टोर, मेरोग्रीन अटो छन्।

गुरुकुल सेकुरीटी र डिजे सुरजले पनि कार्यक्रमलाई साथ दिएका छन्। त्यस्तै, मिडिया पार्टनर नयाँ सन्देश डटकम र सनराइज मिडिया रहेको छ।

सौंराइ स्क्वायरले नयाँ र विभिन्न चाडपर्वका बेला यस्ता किसिमका मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ।