धनगढीमा ३६ औँ हिमोफेलिया दिवस मनाइयो

Image
Nisarga Hospital

धनगढीः  कैलालीको धनगढीमा बिहीबार ३६ औ हिमोफेलिया दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकmन तथा विश्लेषणबारे जानकारी दिन कार्यक्रम भएको छ ।

CP Hospital Dhangadhi

राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिम समितिको आयोजना, हिमोफेलिया सोसाइटी, नेपालको समन्वय र सामाजिक विकास मन्त्रालयको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले प्रदेशका सबै ८८ पालिकामा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरिने बताए ।

Attariya Hospital

उहाँले आगामी वर्षमा नीति र कार्यक्रममा अपांगता भएका व्यक्तिहरुका सवाल समावेश गरिने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेशका अधिकृत, समाजिक विकास मन्त्रालयका अधिकृत हेमराज खड्का, राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष मान बहादुर साउद, हेमोफेलिया सोसाइटीका सुबोध ठाकुर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

nawajiwan