लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको अध्यक्षमा शाह

Image
Nisarga Hospital

धनगढी: लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनले निरन्जन शाहको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस कैलालीका कार्यबाहक सभापति खेमराज डगौराको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले शाह नेतृत्वको कार्य समिति निर्बिरोध चयन गरेको हो ।

CP Hospital Dhangadhi

कार्य समितिको उपाध्यक्षमा किरण रावल र नेत्र मगर निर्वाचित भएका छन । त्यस्तै महासचिवमा डम्बर चन्द, उपमहासचिवद्वयमा टेकराज जोशी र दीपक सिंह ऐर, कोषाध्यक्षमा सिद्धराज भट्ट, सहकोषाध्यक्षमा जयन्ती शाह निर्वाचित भएका छन ।

Attariya Hospital

यसैगरि सदस्यहरुमा महेन्द्र शाह, प्रतापजंग कुंवर, छपेन्द्र कडाल, नरेन्द्रराज अवस्थी, रिसिकेश चौधरी, दिलिप रोकाया, उमेशराज पाण्डेय र रुद्र पन्त निर्वाचित भएको निर्वाचन अधिकृत ओम राज पाठकले जानकारी दिए ।

nawajiwan

लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनमा नेपाल निर्माण ब्यबसायी संघका उपाध्यक्ष प्रकाश सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, केन्द्रीय सदस्यहरु दिनेश सिंह, किशोर ठकुराठी, यमुना भट्ट, लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।