बझाङमा विपद् व्यवस्थापन अभ्यास

Image
Nisarga Hospital

बाढी पहिरोको चपेटामा परेकाहरूलाई उद्धार तथा राहतका लागि संयुक्त विपद् प्रतिकार्य अभ्यास गरिएको छ । शमसेर गुल्म पानकोट बझाङ, जिल्ला प्रहरी कार्यालय बझाङ, सशस्त्र प्रहरी बल नेपाल आश्रित नं.१ गुल्म बझाङ र रेडक्रस बझाङको संयुक्त आयोजनामा संयुक्त विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।

CP Hospital Dhangadhi

बाढी पहिरोमा फसेकाहरूलाई उद्धार गरी प्राथमिक उपचार, गाँसबास गुमाएकाहरूलाई राहत तथा जीविकोपार्जनका लागि सहायत सम्बन्धी अभ्यास सेना, सशस्त्र प्रहरी मिलेर गरेका हुन् । मष्टा गाउँपालिका १ डुङग्री स्थित सेती नदीको बगरमा उक्त अभ्यास गरिएको हो ।

nawajiwan
Attariya Hospital

बाढी पहिरोमा समुदाय पर्दा कसरी उद्धार गर्न सकिन्छ भनेर सुरक्षा निकायले अध्यास गरेका थिए । वर्षाको समयमा बर्सेनि बाढी पहिरोको विपद् आइलाग्ने भएकाले यो अभ्यासबाट उद्धार तथा राहतका लागि मद्दत मिल्ने प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठीकोे विश्वास छ ।

सीमित स्रोत र साधनले जनधन क्षति हुन नदिन विपद् आइलाग्दा समयमै उद्धार र राहत पु-याउन सबै निकाय लाग्नु पर्ने उहाँको भनाइ छ । अभ्यासका लागि रेडक्रसले सामग्रीहरू उपलब्ध गराएको थियो ।