बझाङमा विपद् प्रभावितलाई छिटो राहत दिन अभिमुखीकरण

Image
Nisarga Hospital

बझाङः बझाङमा बाढी, पहिरो, भूकम्प जस्ता विपद्बाट प्रभावितलाई समयमै पुननिर्माण तथा पुनस्थापनाको प्याकेज उपलब्ध गराउन पालिकाका कर्मचारीलाई अभिमुखिकरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बझाङका १२ वटै पालिका प्रमुख प्रशसकीय अधिकृत, विपद् फोकल पर्सन, सूचना प्रविधि अधिकृतलाई अभिमुखीकरण गरेको हो ।

CP Hospital Dhangadhi

पालिकाहरुले पुननिर्माण तथा पुनस्थापनाको प्रक्रिया गत काम समयमै नगरेका कारण बझाङमा २०७७ र २०७८ सालदेखिका विपद् प्रभावितहरुले पुननिर्माणको रकम पाउन सकेका छैनन् । सरकारले पुननिर्माणको लागि दिने अनुदान रकम समयमै नपाउँदा जिल्लाका कतिपय विपद् प्रभावित परिवारले घर निर्माण गरेको ऋण तिर्न सकेका छैनन् । कतिपय भारतमा मजदुरी गर्न बाध्य छन् ।
भुकम्प गएको पाँच–छ वर्षसम्म पनि अनुदान नपाउँदा प्रभावितहरुले राज्यको महसुस गर्न सकेका छैनन्,’ के कारण यस्तो भएको हो भनेर छलफल गर्ने र समस्या सुल्झाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको ।’ प्राधिकरणका उपसचिव सुरेश सुनारले बताउनुभयो ।

अनुदान उपलब्ध गराउनका लागि प्राधिकरणको अनलाइन प्रणालीमा समयमै सूचना प्रविष्टि नगरेका कारण विपद् प्रभावितहरु अनुदान पाउानबाट वञ्चित हुनुपरकाले विपद् पोर्टल र पुननिर्माण सूचना व्यवस्थापन प्रणाली (आरएमआईएस) सञ्चालन सम्बन्धी पनि पालिकाका कर्मचारीलाई अभिमुखीकरण गरिएको प्राधिकरणका उपसचिव सुरेश सुनारले बताए ।

nawajiwan
Attariya Hospital

विपद प्रभावित भएको लामो समयसम्म पनि पुननिर्माणको अनुदान नपाएका कारण लाभग्राहीले जिल्ला विपद् व्यवस्थापन समितिमा गुनासो गर्ने गरेको तर पालिकाले प्रक्रिया पूरा नगरेसम्म अनुदान वितरण सम्भव नहुने समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।

२०७७ र २०७८ सालमा भएको मनसुनजन्य विपद् तथा २०७९ र २०८० सालमा गएको भूकम्पका कारण घरमा क्षति भएका बझाङका करिब ५ हजार परिवारले हालसम्म पनि पुननिर्माणको अनुदान रकम पाउन सकेका छैनन् । डीडीए (डिटेल ड्यामेज एसिसमेन्ट) भनिने यो काम गर्नका लागि केही दिनमै प्राधिकरणका इन्जिनियरहरु बझाङ आउने तयारीमा रहेको जनाइएको छ ।

Advertize US