कर्मचारीका माग पूरा गर्न उपप्रमुख वम को आग्रह

Image
Nisarga Hospital

धनगढी ः कैलालीको गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले आन्दोलनरत कर्मचारीका जायज मागहरूलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले स्थानीय सेवा ऐन संसदमा प्रस्तुत गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन ।

CP Hospital Dhangadhi

उनले विज्ञप्तिमा भनेका छन्,’प्रदेशभरका स्थानीय तहका कर्मचारीहरू आफूहरूका माग सम्बोधन नहुँदा कामकाज बन्द गरी आन्दोलनमा उत्रिएका छन् । सरकारको उदासिनता, अपमानजनक व्यवहार र निष्कृयताले सुशासन र विकासको लक्ष्यलाई गम्भीर क्षति पुर्‍याइरहेको छ। प्रदेश सरकारले अविलम्ब संसदको अधिवेशन आह्वान गरोस्।’

Attariya Hospital

उनले प्रदेश सरकारलाई आन्दोलनरत कर्मचारीका जायज मागहरूलाई सम्बोधन गर्दै उनीहरूलाई पुनः नियमित कामकाजमा फर्काउने पहल तुरुन्त गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ,’सात प्रदेशमध्ये छ वटा प्रदेशले स्थानीय तहका कर्मचारी सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा लगिसकेका छन्, सुदूरपश्चिम प्रदेशमा अझै पनि यस्तो विधेयकको अभाव हुनु अत्यन्तै दुःखद र लज्जास्पद अवस्था हो।’ त्यस्तै उनले सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा खर्च गर्न नसकेको र जनतामा व्यापक असन्तुष्टि रहेको बताए ।

nawajiwan

‘प्रदेश सरकार गम्भीर नभई नीति,निर्णय र सार्वजनिक उत्तरदायित्वबाट पन्छिँदै आएको देखिन्छ’उनले विज्ञप्तिमा भनेका छन् । स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै केही दिन यता स्थानीय तहका कर्मचारी आन्दोलित भएका छ । स्थानीय तहको गठन,सञ्चालन र सेवाका सर्तसम्बन्ध व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा विचाराधीन छ ।