
अत्तरिया: “अब मोटरबाट पानी तान्ने दिन गए,” वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाहीले आइतबार आयोजित वडा भेलामा दाबी गरे। उनका अनुसार, खानेपानी आयोजना अन्तर्गतको संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ र अब चाँडै प्रत्येक घरमा शुद्ध खानेपानी आपूर्ति सुरु हुने छ।

नगर प्रमुखको नेतृत्वमा सञ्चालनमा आएको योजनाबाट वडाका सम्पूर्ण घरधुरीमा पाइपलाइनमार्फत् सिधा धारा जडानको प्रक्रिया सम्पन्न भएको छ। शाहीले भने, “अब कुनै घरमा मोटरको भर पर्ने अवस्था रहने छैन, घर–घरमा सिधै धारा बग्नेछ।”
स्थानीय सरकारको बजेट र जनप्रतिनिधिको समर्पणमार्फत सम्पन्न योजनाबाट दीर्घकालीन रूपमा स्वच्छ, सुरक्षित र पहुँचयोग्य पानी आपूर्ति सुनिश्चित हुने विश्वास जनाइएको छ।


स्थानीयवासीहरू पनि अब सुविधा सम्पन्न खानेपानी सेवाबाट लाभान्वित हुने आशामा उत्साहित देखिएका छन्।
https://www.facebook.com/share/v/1AaNEMQv2t/































