बझाङमा २३ करोड बढि बेरुजु, साइपाल गाउँपालिकामा सबै भन्दा कम

Image
Nisarga Hospital

बझाङका १२ वटै स्थानीय तहमा २३ करोड ३४ लाख ९० हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार जिल्लाका १२ वटै स्थानीय तहमा २३ करोड ३४ लाख ९० हजार बेरुजु देखिएको हो ।

CP Hospital Dhangadhi

जिल्लाका १२ वटै स्थानीय तहको आर्थिक वर्ष २०८०÷०८१ को आन्तरिक लेखा परीक्षण गराए पश्चात् अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट खटिएका कर्मचारीहरूले गरेका थिए । लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयमा कर्मचारीहरूले बुझाएको प्रतिवेदनको आधारमा उक्त बेरुजु रकम देखाएको हो ।

Attariya Hospital

दुई नगरपालिका र दश गाउँपालिका रहेको बझाङमा प्रतिवेदन अनुसार साइपाल गाउँपालिकामा सबै भन्दा कम ०.४५ प्रतिशत र सुर्मा गाउँपालिकामा सबैभन्दा बढी ५.०९ प्रतिशत बेरुजु देखिएको छ ।

nawajiwan

यस्तै जयपृथ्बी नगरपालिकामा ०.८४ प्रतिशत ,बुङगल नगरपालिकामा २.६९ प्रतिशत ,केदारस्यु गाउँपालिकामा १.८० प्रतिशत, खप्तडछान्ना गाउँपालिकामा १.५९ प्रतिशत, छबिसपाथीभेरा गाउँपालिका १.९९ प्रतिशत, तल्कोट गाउँपालिका १.१८, थलारा गाउँपालिका २.३३, दुर्गाथली गाउँपालिका १.३५, मष्टा गाउँपालिका १.२७ र बित्थडचिर गाउँपालिकामा २.४० प्रतिशत बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयले बुधवार ६२ औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गरेको थियो ।

# ट्रेण्डिङ