देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा बोहरा सर्वसम्मत

Image
Nisarga Hospital

डोटी: देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा रोहित कुमार बोहरा सर्वसम्मत चयन भएका छन् ।
प्रतिष्ठानको प्रथम साधारणसभा एवं अधिवेशनबाट बोहराक्क नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
आगामी २ वर्षे कार्यकालका लागि चयन भएको समितिको उपाध्यक्षमा निर्मला ताम्राकार, सचिवमा शान्ति महत जाग्री र कोषाध्यक्षमा कल्पना ओली चयन भएका छन् ।

CP Hospital Dhangadhi

त्यस्तै सदस्यहरुमा राजेन्द्रप्रसाद ओझा, पवित्रा खत्री, पुनी कोली, शारदा ओझा, खेमराज जोशी, मैना बोहरा, महामती शाहु, पार्वती थापा र तुलसीधर बोहरा रहेका छन् ।

त्यस्तै सँस्थाको सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा पत्रकार तथा कलाकार झलक पाली `झरना´ र सदस्यहरुमा दल बहादुर साउँद, दिलमाया मल्ल, शुशिलराज जोशी, रामदत्त भट्टराई, लक्ष्मी बोगटी र बसन्ती ओझा रहेका छन् ।

nawajiwan
Attariya Hospital

प्रतिष्ठानका निवर्तमान अध्यक्ष दल बहादुर साउँदको सभा अध्यक्षता एवं केन्द्रिय वरिष्ठ सदस्य दल बहादुर मल्लको प्रमुख आतिथ्यतामा जोरायल गाउँपालिका ३ रावतकट्टे स्थित रत्न आधारभुत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, प्रतिष्ठानका सँस्थापक ज्ञानेन्द्र अविरल क्षेत्री, केन्द्रिय सदस्य अङ्गद विश्वकर्मा लगाएत कार्यसमिति सदस्यहरु र आजीवन सदस्यहरु सहित स्थानीयको सहभागिता रहेकोे थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।

Advertize US