
गोदावरी नगरपालिका–१२ मा तीन दिने निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ। २०८१/८२ आ.व. अन्तर्गत आयोजित यस शिविरले पशुपालक किसानहरूलाई प्रत्यक्ष रूपमा राहत प्रदान गर्दै ३,७२१ वटा पशुमा उपचार तथा सेवा उपलब्ध गराएको हो। शिविर २०८२ साल जेठ १० गतेदेखि १२ गतेसम्म सिम, चाप, सल्ली र नायल क्षेत्रमा सञ्चालन गरिएको थियो।

पशुमा देखिने विभिन्न रोगहरूको नियन्त्रण, स्वास्थ्य परीक्षण, बाँझोपनको उपचार तथा सन्देशमूलक परामर्श प्रदान गर्ने उद्देश्यले गोदावरी नगरपालिकाको पशु सेवा शाखाले शिविर आयोजना गरेको हो। यस्तो प्रकारको कार्यक्रम विशेषगरी ग्रामीण भेगका साना तथा मध्यम किसानका लागि लक्षित गरिएको थियो, जसले पशुपालनलाई प्रमुख आम्दानीको स्रोत बनाएका छन्।

शिविरमा कुल ११६ जना किसानले सेवा लिएका थिए, जसमा ४९ जना महिला र ६६ जना पुरुष सहभागी थिए।
उपचार गरिएका पशुहरूको विवरण यसप्रकार छ:

शिविरपछि स्थानीय कृषकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। सस्तो, गुणस्तरीय र घरदैलोमै उपचार पाउँदा उनीहरू उत्साहित देखिएका छन्।
पशु सेवा प्राविधिक टेक बहादुर साहुका अनुसार, “शिविरमार्फत विभिन्न पशुपन्छीमा देखिएका रोगहरूमा तत्काल उपचार गर्न पाउँदा कृषकहरू खुसी छन्। यसले पशु उत्पादन र किसानको मनोबल दुवैमा सकारात्मक प्रभाव पार्नेछ।”
पशुपालन कृषिमा आधारित समाजको मेरुदण्ड हो। यस्तो अवस्थामा पशुहरूको स्वास्थ्यसम्बन्धी सेवामा पहुँच नहुँदा किसानको आम्दानी घट्ने मात्र होइन, सामाजिक जोखिम पनि बढ्न सक्छ। यसर्थ, गोदावरी नगरपालिका–१२ मा सम्पन्न पशु स्वास्थ्य शिविरले न केवल पशुपालकको बोझ कम गरेको छ, बरु स्थानीय पशु स्वास्थ्य प्रणालीलाई भरपर्दो बनाउने दिशामा टेवा पु¥याएको छ।
यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै, नगरपालिकाले पशुपालनको व्यवसायिकता, उत्पादकत्व र सुरक्षित वातावरण निर्माणमा योगदान दिने आशा लिएको छ।






















