दिपेन्द्र सामुदायिक वनद्वारा वनमा २ जोडी कालिज र कर्नाशा नदिमा २ हजार माछाका भुरा हालियो

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिका ४ को दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूहले मंगलबार सामुदायिक वनमा २ जोडी कालिज र कर्नाशा नदीमा २ हजार माछा हालेको छ ।

CP Hospital Dhangadhi


सामुदायिक वनका उपभोक्ताहरुका लागि वन डढेलो नियन्त्रण सम्बन्धि आयोजित अभिमुखिकरण कार्यक्रमको अवसरमा वनमा घर पालुवा कालिज र नदीमा माछाका भुरा हालिएको हो ।

nawajiwan

कालिज लगाएतका वन्यजन्तु चोरी शिकारी हुने र नदीमा करेन्ट लगाएर तथा विषादी हालेर माछा मार्ने जस्ता गतिविधि रोक्नुपर्छ भन्ने आम उपभोक्ताहरुमा सन्देश दिन सामुदायिक वनमा घर पालुवा कालिज र नदीमा २ हजार माछाका भुरा हालिएको हो ।


सामुदायिक वनको आफ्नै लगानीमा जोरायल गाउँपालिका ४ खैगाडमा रहेको कालिज फर्मबाट दुई जोडी कालिज र तराईबाट ल्याएका कमन कार्प जातका दुई हजार वटा माछाका भुरा नदिमा हालिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नर बहादुर कपड्यालले जानकारी दिए ।


सामुदायिक वनको यस सिर्जनात्मक कामको प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले धन्यवाद दिइन् ।

Attariya Hospital

कालिज मारेर लोप हुँदै गएको अवस्थामा वनमा छोडिएको दुई जोडी कालिजले केही मात्रामा भए पनि कालिज संख्या बढाउने र नदीमा माछाका भुरा हालेपछि जोरायल गाउँपालिका वडा नम्बर ४ को विषको प्रयोग र करेन्टको प्रयोगबाट माछा मार्न निषेध गरिएको अभियानमा समेत सहयोग पुगेको सो वडाका वडा अध्यक्ष नन्दराज भट्टले बताए । यसैगरि अरु सामुदायिक वनले पनि अन्य जीवको अस्तित्वलाई बुझेर संरक्षणमा जोड दिनसके राम्रो हुने वडा अध्यक्ष भट्टको भनाइ छ ।

उक्त सामुदायिक वन नजिकै बलड्वार भन्ने ठाउँमा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी एवं उपभोक्ता सहित सहभागितामा आयोजित कार्यक्रममा सचेतनामुलक डेउडा प्रस्तुति पनि राखिएको थियो ।

# ट्रेण्डिङ