
हसुलिया : आगलागी जन्य विपद जोखिम न्यूनिकरण गर्नाको लागि कैलारी गाउँपालिकाले दमकल खरिद गरेको छ । कैलारी गाउँपालिका बाढी डुबान कटान, पटानसँगै आगलागी विपदको उच्च जोखिममा रहेकोले त्यसलाई न्यूनिकरणको लागि दमकल खरिद गरेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जनाउनु भयो । उहाँ भने ‘हामीहरु २०७९ सालमा चुनावी मैदानमा थियो ।
त्यसैबेला कैलाली गाउँपालिका वडा नम्बर ७ मा रहेको विपतपुर बस्तीमा आगलागी हुँदा ठुलो क्षति भएको थियो । हेर्दाहेदै बस्ती खरानीमा परिणत भयो । गाउँपालिकामा दमकल भएको भए त्यति क्षति हुनेथिएन ।’ गाउँपालिका अध्यक्षले भने, ‘चुनावी दौरानमा हामीले भनेको पनि थियो र पालिकामा एक वटा बरुणयन्त्र दमकलको माग र आवश्यकताको आधारमा दमकल खरिद गरेका हौ । गाउँपालिकाको कुनै ठाउँ आगीहुँदा क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ ।





















