स्वास्थ्यको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी धनगढीमा सुरु

Image
Nisarga Hospital

धनगढी : कैलालीको धनगढीमा स्वास्थ्य कार्यालयहरुको प्रदेशस्तरिय एकिकृत अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको आयोजनामा शुक्रबारदेखि शुरु भएको समिक्षा तथा गोष्ठी शनिबारसम्म सञ्चालन हुने छ । समिक्षा तथा गोष्ठीको सामाजिक विकास मन्त्री मेघराज खडकाले समुदघाटन गरे ।

CP Hospital Dhangadhi

nawajiwan

सो अवसरमा बोल्दै मन्त्री खडकाले सिमित स्रोत साधनको व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नुपर्ने बताए । उनले सर्ने भन्दा पनि नसर्ने रोगका कारण मृत्युदर बढ्दै गएकाले आम नागरिकमा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले भने –‘अहिले मानिसहरुको खानपान र जीवनशैलिमा परिवर्तन भएको छ । जसका कारण नयाँ–नयाँ रोगको पहिचान भइरहेका छन । अहिले सर्ने भन्दा पनि नसर्ने रोगको जोखिम बढेकाले योग, व्यायमसंगै मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने अभियान सुरु गर्न जरुरी रहेको छ ।’ उनले सरकारी अस्पतालको आन्तरिक आयस्रोतको उचित व्यवस्थापन हुन नसकेको बताउँदै –‘अस्पतालको आन्तरिक आय पारदर्शी हुनुपर्छ र आवश्यकता अनुसार अस्पतालले खर्च व्यवस्थापन गर्नुपर्छ ।’ सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले प्रस्तुतिकरण गर्दै सुदूरपश्चिममा अझै बाल मृत्यु दर उच्च रहेको बताउँदै –‘अहिले पनि यहाँ बालविवाह हुने गरेको देखिन्छ । जसका कारण बालमृत्यु दरमा कमी आउन सकेको छैन ।

Attariya Hospital

    

अब बालबालिकाको मृत्यु दरमा कमी ल्याउन गर्भवती भएको पाँच महिनासम्म आमलाई पोषण खाना खुवाउन मन्त्रालयले कार्यक्रम ल्याउनुपर्छ ।’ उनले आम मृत्यु दरमा विगतको तुलनामा सुधार भएको बताए । उनका अनुसार सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रममा विमितको संख्या सन्तोषजनक नरहेको बताए । उनले भने –‘अहिले पनि कुल जनसंख्याको आठ प्रतिशतमात्र स्वास्थ्य बिमा कार्यक्रममा समेटिएको छ । अब यसमा संख्या बढाउनतर्फ पनि ध्यान दिन जरुरी रहेको छ ।’ गोष्ठी तथा समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला स्वास्थ्य कार्यालय, आठ वटा अस्पताल, आयुर्वेद्ध चिकित्सालय कार्यालय, प्रादेशिक चिकित्सालय गरि ३२ वटा स्वास्थ्य संस्थाका कार्यालय प्रमुख, तथ्यांक अधिकृत, स्वास्थ्य अधिकारी लगायतको सहभागिता रहेको छ ।

निर्देशनालयका तथ्यांक अधिकृत मोहनदेव भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्देशनालयका मिनराज जोशीले गरे । स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, संघिय सरकारले आगामी आर्थिक वर्षका लागि समेटिएको योजना तथा कार्यक्रम, सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रमा प्राथमिकरणमा राख्नुपर्ने योजना तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको जनाइएको छ ।