साइपाल गाउँपालिकाबाट दुई जना बिरामी लाइ हेलिकप्टर मार्फत उद्धार

Image
Nisarga Hospital

साइपाल गाउँपालिकाबाट दुई जना बिरामिलाइ हेलिकप्टर मार्फत उद्धार गरिएको छ । साइपाल गाउँपालिका वडा नम्बर ४ धुलीका सुन बहादुर रोकाया र वडा नम्बर ५ कि चैती बोहरालाइ आज दिउसो हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

CP Hospital Dhangadhi

रोकाया जेठ ७ गते भेडा चराउन जादा भिर बाट लडेर गम्भीर घाइते भएका थिए भने बोहरा गम्भीर बिरामी भइ हिँडडुल गर्न समस्या भएपछि दुबै लाइ हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।

Attariya Hospital

दुबै बिरामीको अवस्था गम्भीर भएपछि साइपाल गाउँपालिकाले भाडा बेहोर्ने गरी उनीहरूको उद्धार गरिएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो ।

nawajiwan
Advertize US