बझाङको मष्टा गाउँपालिकामा सात दिने होमस्टे तालिम सञ्चालन

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

बझाङः मष्टा गाउँपालिकामा सात दिने होमस्टे तालिम सञ्चालन गरिएको छ । मष्टा गाउँपालिकाको आयोजना ,नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रविभवन काठमाडौँको साझेदारीमा मष्टा गाउँपालिकामा सात दिने होमस्टे तालिम सञ्चालन गरिएको हो । ।

 

nawajiwan

पर्यटन प्रवर्धन र स्थानीय रोजगारीको सम्भावनालाई दृष्टिगत गर्दै सञ्चालन गरिएको उक्त तालिम मष्टा गाउँपालिका अन्तर्गत ढँडार मस्टा माणु, तपोवन, मालिका, भतेली लगायतका सम्भावित पर्यटकीय क्षेत्रमा केन्द्रित रहेको छ ।

Attariya Hospital

 

तालिममा सहभागीहरूलाई पर्यटकलाई आकर्षित गर्ने होमस्टे व्यवस्थापन, स्थानीय अर्गानिक उत्पादनको उपयोग, मौलिक संस्कृति तथा परम्परागत शैलीका घरहरूको संरक्षण र समायोजन सम्बन्धी सीप प्रदान गरिने जनाइएको छ ।

साथै यसले पर्यटन प्रवर्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको मष्टा गाउँपालिका प्रवक्ता उत्तम राज जोशीले बताउनुभयो । तालिमबाट स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
Taruna