दलित विकास समिति जयपृथ्बी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भव्यताका साथ मनायो

Image
Nisarga Hospital

दलित विकास समिति जयपृथ्बी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भव्यताका साथ सम्पन्न गरेको छ । दिवसको अवसर पारी दलित विकास समिति जयपृथ्बी नगरपालिकाले जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन गर्नुका साथै विभिन्न नारा सहित चैनपुर बजार परिक्रमा गरेको थियो ।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्नेे बक्ताहरूले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बिति सक्दा पनि सदुरपश्चिमा मा भने अझै व्यवहार कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दैे जयपृथ्बी नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चेतराज बजालले आफू सधैँ जातीय भेदभाव गर्नुदैन भन्ने पक्षमा रहेको र आफूले सोही अनुसार काम गदै जादा नगरपालिकामा दलित समुदायको हम हितको निमित्त दलित विकास समिति गठन गरेको बताउनुभयो । पहिलेको तुलनामा भेदभाव कम भएको बताउदै अझै यसलाइ न्यूनीकरण गर्न समय लाग्ने बताउनुभयो ।

nawajiwan

कार्यक्रममा बोल्दै दलित विकास समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गोविन्द नेपालीले नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तका आधारमा समता मूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको भएपनि अझै कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

Attariya Hospital

आफूले गैरदलित देखि सबैलाइ आमन्त्रण गरेको भएपनि गैरदलितको सहभागीता न्यून भएको भन्दैे दुख समेत व्यक्त गर्नुभयो । साथै दलित समुदायका व्यक्तिलाइ सरकारले दिएको आफ्नो हक अधिकार नहिचकिचाइ लग्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा दलित सहयोग समितिका कार्यकारी निर्देशक सुनील नेपाली , परियार सेवा समाजका उपाध्यक्ष मोहन नेपाली, मुक्ति समाज केन्द्रीय निर्वाचन कमिटी सदस्य नन्द लाल नेपाली लगाएतको जन सहभागीता रहेको थियो ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । यो दिवस २०६८ सालदेखि मनाउन थालिएको हो ।

Advertize US