जयपृथ्वी नगरपालिका–७ मा रहेको सुनिपिपल चौर माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे दुई तले विद्यालय भवन र शौचालय विद्यालयलाई हस्तान्तरण

Image
Nisarga Hospital

बझाङः जयपृथ्वी नगरपालिका–७, सुवेडा स्थित सुनिपिपल चौर माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे दुई तले विद्यालय भवन र तीन कोठे शौचालय आज एक समारोह बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, प्रगतिशील युवा समाजको साझेदारी र जयपृथ्वी नगरपालिकाको समन्वयमा निर्माण सम्पन्न गरिएका यी संरचनाहरू भूकम्प प्रतिरोधी, अपाङ्गता मैत्री, छात्रा मैत्री र बालमैत्री रहेको प्रगतिशील युवासमाजका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताउनुभयो ।

CP Hospital Dhangadhi

विद्यालय भवनको निर्माणमा कुल रु ७६ लाख ८२ हजार ४ सय १३ रुपैयाँ ५४ पैसा र शौचालय भवन निर्माणमा रु १२ लाख ९४ हजार २ सय ४९ रुपैयाँ ४३ पैसा लागत लागेको जोशीको भनाई छ । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै जोशीले ‘विद्यालय शिक्षामा उत्थानशीलता प्रवर्धन परियोजना’ अन्तर्गत निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

nawajiwan

विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले २०८० साल असोज १६ गतेको विनाशकारी भूकम्पले विद्यालयका तीन भवनका १५ कक्षाकोठा प्रयोग अयोग्य बनेपछि टहरामा पठनपाठन गरिनुपरेको कठिन अवस्था सम्झिदै उहाँले सहयोगी संस्थाहरूको पहलमा जापानी नागरिक लिलिको व्यक्तिगत लगानीमा निर्माण भएको भवनले विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो । विद्यार्थी आयुसा सुवेदीले जीर्ण विद्यालय भवन र शौचालयको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी व्यक्त गरेकी छन् ।

Attariya Hospital

कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले विद्यालयले हस्तान्तरण गरिएका संरचनाको संरक्षण र मर्मतमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वल्डभिजन जापानकी प्रतिनिधि सात्सुकी हिराइले शिक्षक तालिम देखि गुणस्तरीय शिक्षामा सहयोग गर्दै आइरहेको जानकारी दिँदै विद्यालय परिवारलाई संरचनाको नियमित संरक्षण गर्न आग्रह गरेकी छन् ।

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले स्थानीय सरकार सदैव शैक्षिक विकासमा सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । रेबन काटेर सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले उक्त नबनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।

Advertize US