बाजुरामा भीषण आगलागी, मुख्यमन्त्रीको राहत र पुनःनिर्माणमा प्रतिबद्धता

Image
Nisarga Hospital

धनगढीः बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी हुँदा करिब ४० वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।

CP Hospital Dhangadhi

स्थानीय व्यापारी रामदेवी थापाका अनुसार खाना पकाउने ग्यास सिलिन्डर पड्किएर नवदुर्गा होटलबाट सुरु भएको आगो झन्डै तीन घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो। सडकको एक साइडका सम्पूर्ण पसल जलेका छन्।

nawajiwan
Attariya Hospital

घटनापछि पूर्व प्रदेश प्रमुख देवराज जोशीको नेतृत्वमा गएको डेलिगेशन टोलीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढीमा भेटी सम्बोधन गरेका थिए। मुख्यमन्त्री शाहले आगलागीबाट प्रभावित व्यापारी तथा परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

डेलिगेशनमा पूर्व प्रदेश प्रमुख जोशीसँगै प्रदेशसभा सदस्य सन्तोषी थापा शर्मा, जुना दानी, पदम बहादुर शाहीलगायत नेताहरू सहभागी थिए।