
सेफ हाउस बझाङकोे जिल्ला स्तरीय सरोकारवाला निकाय सँग समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सेफ हाउस बझाङले हाल सम्म प्रदान गर्दै आएको सेवा, संरक्षण र पुनर्स्थापना प्रयासहरूका विषयमा समीक्षा र दिगो सञ्चालनका सम्भावनाहरू बारे जिल्लाका सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृष्ण बिष्टले सुरक्षित आवास गृह (सेफ हाउस) निरन्तर संचालनका लागि सबै पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । साथी संस्थाका प्रोग्राम म्यानेजर पलिता थापाले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पर्नु भएको थियो साथै प्रोग्राम म्यानेजर थापाले सेफहाउस सञ्चालनमा आएका चुनौतीलाई यहाँका स्थानीय निकायहरूले विशेष जोड दिनपर्ने धारणा राख्नु भएको थियो ।
साथी संस्थाको आयोजना युएनएफपीएको आर्थिक सहयोग तथा जयपृथ्बी नगरपालिकाको स्वामित्वमा रही लैगिक हिसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा सेफ हाउस बझाङले हालसम्म हिंसा पीडित महिलाहरूको संरक्षण, स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, पुनःस्थापना लगायतका क्षेत्रमा पु¥याउँदै आएको योगदानबारे जानकारी गराइएको थियो । सेफ हाउस बझाङका प्रमुख गीता शाहीले सेफ हाउसको दिगो सञ्चालनका लागि स्थानीय तहहरूको सक्रियता, बजेटको सुनिश्चितता, ऐन–नियममा स्पष्टता तथा बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

सहभागीहरूले सेवा थप प्रभावकारी बनाउन स्थानीय तहको स्वामित्व, संघसंस्थाबिच सहकार्य र स्रोत परिचालनमा एकमत भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । २०६९ जेठ बाट जिल्लामा सञ्चालनमा ल्याइएको सेफ हाउसबाट २०२४ सम्म १२ सय ३४ जनाले सेवा लिएका छन् ।
बैठकमा जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजाल, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी , विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उक्त बैठकमा गत बैठकहरूको निर्णय तथा कार्यान्वयन प्रगतिको बारे जानकारी, ,लैगिक हिसा प्रभाबितहरू लाइ आय आर्जन र सिप विकास सम्बन्धी अवसरहरू जोड्रने ,निजि क्षेत्रको संस्थागत सामाजिक उत्तरदायी कार्यान्वयन , हिसा प्रभाबितहरू लाइ तथा महिला सुरक्षित आवास गृहलाइ सहयोग सम्बन्धमा विभिन्न निर्णय छलफल गरिएको छ ।




























