बाजुराको बाम्काका आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने

Image
Nisarga Hospital

धनगढी :बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

CP Hospital Dhangadhi

आईतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार आगलागीको थप विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्ने छ ।

मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउँने र पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने छ । जेष्ठ २३ गते बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । साथै प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertize US