
बित्थडचिर गाउँपालिका ९ मा २० दिने होजियारी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष मानसिह रावलको अध्यक्षतामा सुरु भएको तालिमा प्रमुख अतिथि बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल रहनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष मल्लले सीप सिकी स्वरोजगार बनाउने अभियानमा पालिका लागिरहेको हुँदा सबैलाई सिप सिक्न र व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ । यस्तै कार्यवाहक वडा अध्यक्ष रावलले तालिमबाट दक्ष प्रशिक्षक तयार हुने अपेक्षा गरिएको बताउनुभयो ।

तालिममा सहभागी महिलाहरूले अध्ययन र अभ्यास बिना प्रशिक्षक बन्न नसकिने बताउँदै वडा नम्बर ९ प्रति आभार व्यक्त गरेका छन् । तालिममा वडा भित्रका २५ जना महिलाहरुकोे सहभागिता रहेको थियो । आज बाट सुरु भएको तालिम असार १५ गते सम्म सञ्चालन हुने भएको छ । २० दिन सम्म सञ्चालन हुने तालिममा उनको धागोबाट सुइटर, स्काप, मोजा लगायतका सामाग्री बनाउने सिप सिकाईने भएको छ ।




























