
जयपृथ्बी नगरपालिकामा बालविवाह अन्त्य रणनीतिक योजना कार्यान्वयन सम्बन्धी पैरबी तथा समन्वय बैठक सम्पन्न भएको छ । संयुक्त राष्ट सँघिय जनसङ्ख्या कोष युएनएफपिएको सहयोग, पिसबीन नेपालको साझेदारीमा नगरपालिकामा सञ्चालित बालविवाह अन्त्य कार्यक्रम अर्न्तगत उक्त बैठक शुक्रबार बसेको हो ।

बैठकमा पालिकाको स्वास्थ्य निती बालविवाह अन्त्यका लागी रणनीतिक योजना,जेसी निती विस्तृत कार्यान्वयन योजना ,पुर्ब योजना तर्जुमा गोष्ठीमा पहिचान गरिएका क्रियाकलाप र नितीहरुलाइ आगामी आव मा समावेश गर्न पहल गर्ने, स्वास्थ्य संस्था सामाजिक परीक्षण र न्यूनतम सेवा मापदण्ड सञ्चालन किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना नभएका विद्यालयमा सूचना केन्द्र स्थापना गर्न आवश्यक बजेट विनियोजनका लागी पहल गर्ने लगाएतका विषयमा छलफल गरिएको थियो ।
बझाङमा बालविवाहको अवस्था हेर्ने हो भने २० वर्ष मुनि विवाह हुनेको सँख्या ६६ प्रतिशत छ भने १८ वर्ष मुनी विवाह गर्ने २५ प्रतिशत र १५ बर्ष मुनि विवाह गर्ने दर ३ प्रतिशत रहेको छ । जसमा सुर्मा गाउँपालिकामा सबै भन्दा बढी बालविवाह हुने गरेको छ । उक्त पालिकामा अझैे ८३ प्रतिशतले २० बर्ष मुनि , ३८ प्रतिशतले १८ वर्ष मुनी र ३ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरको छन् ।

यस्तै साइपाल गाउँपालिकामा ७६ प्रतिशतले २० वर्ष मुनि, ३६ प्रतिशतले १८ वर्ष मुनी र ५ प्रतिशत १५ वर्ष मुनि विवाह गर्ने गरेका छन् । मष्टा गाउँपालिकामा ६९ प्रतिशतले २० वर्ष मुनि ३३ प्रतिशत १८ वर्ष मुनी ५ प्रतिशतले १५ वर्ष मुनि बिबाइ गर्ने गरेको तथ्याङ्कले देखाएको छ । तल्कोट गाउँपालिकामा हेर्दा ७० प्रतिशत २० वर्ष मुनि ३२ प्रतिशतले १८ वर्ष मुनि र ४ प्रतिशत १५ वर्ष मुनि , जयपृथ्बी नगरपालिकामा ५६ प्रतिशत २० वर्ष मुनि २१ प्रतिशतले १८ बर्ष मुनि र ३ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेका छन् । खप्तडछान्ना गाउँपालिकामा ५८ प्रतिशतले २० वर्ष मुनि २१ प्रतिशतले १८ वर्ष मुनि र ३ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेका छन् ।

छबिसपाथीभेरा गाउँपालिका ६६ प्रतिशतले २० वर्ष मुनि , २४ प्रतिशतले १८ वर्ष मुनि र ३ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । बित्थडचिर गाउँपालिका ७१ प्रतिशतले २० वर्ष मुनि, २७ प्रतिशतले १८ वर्ष मुनि ३ प्रतिशतले १५ वर्ष मुनि बुङगल नगरपालिकामा ७२ प्रतिशतले २० वर्ष मुनि, २५ प्रतिशतले १८ वर्ष मुनि ३ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेका छन् ।

उता दुर्गाथली गाउँपालिकामा ५७ प्रतिशतले २० वर्ष मुनि, २० प्रतिशतले १८ वर्ष मुनि २ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेमा केदारस्युमा ६१ जनाले २० वर्ष मुनि २० प्रतिशतले १८ वर्ष मुनि र २ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेका छन् । थलारामा हेर्दा ६५ प्रतिशतले २० बर्ष मुनि २२ प्रतिशतले १८ वर्ष मुनि र २ प्रतिशतले १५ वर्ष मुनि विवाह गर्ने गरेको युएनएफपिएका कार्यक्रम संयोजक गणेश शाहीले बताउनुभयो ।
बालविवाहको यो अबस्था देख्दा जनप्रतिनिधीहरूले आफना धारण सहित बालविवाह अन्त्य गर्नको लागी सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रम समापन गदै नगरप्रमुख चेतराज बजालले कानुन एक व्यवहार एक भएकाले समस्या भएकाले बालविवाह अन्त्य गर्न समाजमा जागरण ल्याउन जरुरी भएकाले सबै लागी पर्नुपर्ने बताउनुभयो ।
बालविवाह अन्त्यका लागी रूपान्तरण कार्यक्रम २०१६ देखि बझाङमा सञ्चालनमा रहेको र २०२२ देखि जयपृथ्बी नगरपालिका, बित्थडचिर गाउँपालिका, मष्टा गाउँपालिका,र तल्कोट गाउँपालिकाका २८ वडामा सञ्चालनमा रहेको युएनएफपिइका कार्यक्रम संयोजक शाहीले बताउनुभयो । युएनएफपिएले यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैगीक समानता र महिला सशक्तीकरण, जनसङ्ख्या तथा तथ्याङ्क, बिपदमा मानवीय सहयोगमा काम गदै आएको छ ।
बैठकमा जनप्रतिनीधि, सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ मा कसैले पनि बालविवाह गर्न नहुने व्यवस्था छ । यसमा २० वर्ष उमेर नपुगी विवाह गर्न नमिल्ने कानुनी व्यवस्था छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालविवाहलाई बालबालिकाविरुद्धको कसुर तथा हिंसा मानी यस्तो विवाह गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । सरकारले दिगो विकास लक्ष्यमा सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले यसलाई सफल पार्न अभियान सुरु गरिएको बताइएको छ ।




















