बझाङमा छ महिनाको अवधिमा ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटे

Image
Nisarga Hospital

बझाङमा ६ महिनाको अवधिमा ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आज भएको नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्ध वार्षिक समीक्षा कार्यक्रममा उक्त घटना सार्वजनिक गरिएका हुन ।

CP Hospital Dhangadhi

कार्यक्रममा इन्सेक प्रतिनिधि सत्यराज सिंहले २०८१ पुस १६ गते देखि २०८२ असार १ गते सम्मको अवधिमा जिल्लामा भएका ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेखीकरण गरिएको जानकारी दिनुभयो । तीमध्ये बलात्कारका १०, बहुविवाहका ५, बालविवाह १, आत्महत्या दुरुत्साहन १ र घरेलु हिंसाका १६ वटा घटना रहेका छन् ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले जिल्लामा मानव अधिकारको यथार्थ चित्रण गर्न इन्सेकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले अघिल्ला वर्षहरूभन्दा यो वर्ष घरेलु हिंसाका घटनामा केही कमी आएको देखिएको भन्दै जिल्लाको मानव अधिकारको अवस्थाको सकारात्मक सन्देश जाने बताउनुभयो । साथै जिम्मेवारी सबै स्थानीयतहमा गएकाले एक्टिभ भएर लाग्नुपर्ने र जिल्ला प्रशासनबाट गरीने कार्य आफूहरूले गर्ने बताउदै यस्ता हिसाका घटना कम गर्न सबैले आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताउनुभयो ।

nawajiwan

Attariya Hospital

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले कानुन मात्र कडाइले पुग्ने नभई कानुनी सचेतना र न्यायमा सर्वसाधारणको पहुँच वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार कर्मी संस्था र स्थानीय सरकारबिच समन्वय गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र सिंह ठगुन्नाले अपराध न्यूनीकरणका लागि समुदायमै पुगेर सचेतना फैलाउने अभियान जारी रहेको बताउनुभयो ।

उहाँले मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मानव अधिकार एलाइन्सका प्रतिनिधिहरू, बाल क्लबका प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि बझाङ जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको हो ।

# ट्रेण्डिङ