
अत्तरियाः कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) सँगै निर्माणको तयारीमा रहेको दुग्ध प्रशोधन केन्द्रलाई अत्तरियामै राख्ने प्रयास साकार हुने भएको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले केही दिन देखि संस्थानलाई गोदावरी नगरपालिका भित्रैका ३ ठाउँमा जग्गा प्रस्ताव अनुसार डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई ती स्थानको स्थलगत अवलोकन/ निरिक्षण पश्चात प्रतिबेदनको एक प्रति गोदावरी नगरपालिकालाई बुझाएको छ ।

प्रतिबेदन अनुसार दुग्ध बिकासका लागि बिक्री केन्द्र आवश्येक पर्ने भएकोले सडक सँगै जोडिएको वडा नं. १ मा वडा कार्यालय सँगै जोडीएको ठाउँमा उपयुक्त रहेको र प्रशोधन केन्द्र निर्माणका लागि वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको जमिन उपयुक्त भनि लेखिएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

साथै आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा रहेको अवस्थामा, संस्थानले आवश्यक नक्सा तथा डिजाइन तयार पार्ने प्रक्रियालाई अघि बढाउँदै गर्दा गोदावरी नगरपालिकाको तर्फबाट फाउन्डेशनको काम गरिदिने प्रतिबद्धता नगर प्रमुख बिरेन्द्र भट्टले गरेका थिए ।
उता डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले हाल अत्तरियामा जारी तालाबन्दी खुलाउने र आवश्यक जग्गाको स्थलगत अनुगमनपछि तयार हुने प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेपछि मात्र प्रशोधन केन्द्र अत्तरियामै स्थापना हुने नहुनेबारे निर्णय स्पष्ट हुने बताएका छन्।”
केही महिना अगाडी डिडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराइले गोदावरी नगर कार्यालयमा स्वयम् पुगेर पत्र बुझाएको र नगर प्रमुखले सरकारी जमिन देखाएको जानकारी दिएका थिए ।
तर २०८१ माघमा डीडीसीले गुपचुप रूपमा धनगढी उपमहानगरपालिका–१५ स्थित जडीबुटी प्रशोधन केन्द्रमा सार्ने सम्झौता गरेपछि अत्तरियामा विरोध चर्किएको हो। जेठ ८ गतेदेखि डीडीसी कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन ।
स्थानीयले ‘डीडीसी संरक्षण सङ्घर्ष समिति’ गठन गर्दै अत्तरियामै डीडीसी राख्नुपर्ने माग गरिरहेका छन्। डीडीसीका उपमहाप्रबन्धक अधिकारीले अहिलेको निर्णय कृषि मन्त्रालयमा प्रतिवेदन पेशपछि मात्र हुने स्पष्ट पारेका छन्।























