
बाजुराको त्रिवेणी नगरपालिकामा लैङ्गिक भेदभाव तथा छुवाछुत उन्मूलन सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।


नगरपालिकाको आयोजना तथा महिला तथा बालबालिका शाखाको समन्वयमा लैङ्गिक भेदभाव तथा छुवाछुत उन्मूलन सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता त्रिबेणी दलित नेटवर्क अध्यक्ष वीर बहादुर बिक ले गरेका थिए । नगर प्रमुख कर्ण बहादुर थापा प्रमुख अतिथि थिए ।
यस्तै कार्यक्रममा विशिस्ट अतिथि नगर उपप्रमुख कमला न्योपाने थिईन । नगर प्रमुख थापाले यस किसिमको सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सोच र समान व्यवहार प्रवद्र्धन गर्न मद्दत पुग्ने धारणा व्यक्त व्यक्त गरे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा, शिक्षक तथा नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो ।

































