गोदावरी नगरपालिकामा करिब ४ किलोमिटर सडक कालोपत्रे सम्पन्न, थप ४ किलोमिटर निर्माण अन्तिम चरणमा

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरका विभिन्न स्थानमा ८ किलोमिटर सडक कालोपत्रे निर्माण सम्पन्न गरेको छ। उक्त कार्यका लागि नगरपालिकाले ७ करोड ५७ लाख बढी रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जनाइएको छ।

CP Hospital Dhangadhi

नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार नगरका सबै वडामा सडक सञ्जाल विस्तारसँगै दुर्गम बस्तीहरूमा विद्युत् पहुँच र आधारभूत पूर्वाधार विस्तारमा पनि प्राथमिकता दिइएको छ। “जनताको सहज आवागमन, सेवा पहुँच र समग्र नगर विकासलाई ध्यानमा राख्दै योजनाहरू कार्यान्वयनमा ल्याएका छौं,” प्रमुख भट्टले बताए।

nawajiwan

इन्जिनियर पूर्ण कुवरका अनुसार हालसम्म २६ योजना सम्पन्न भइसकेका छन् भने बाँकी केही योजनाहरू अन्तिम चरणमा छन्। उनले ठेक्का प्रणालीअन्तर्गत ठेकेदारको ढिलासुस्तीका कारण केही विकास निर्माण कार्यमा ढिलाइ भएको उल्लेख गरे।

Attariya Hospital

कालोपत्रे सम्पन्न भएका प्रमुख सडक योजना सूची:

  • तेघरी काब्राको रुखदेखि पश्चिम अध्रोबाटो – ३२० मिटर ( निर्माण सम्पन्न बाँकी)

  • रमेश कडायत (लोटस गल्ली) को घर जाने बाटो – १८५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • नगरपालिका भवनदेखि दक्षिण सडक – २२५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • जब्दा–खोपकेन्द्र चोक – ३७० मिटर (निर्माण सम्पन्न बाँकी)

  • आधारभूत सहरी स्वास्थ्य केन्द्र अगाडि – २७० मिटर

  • प्यारेलाल रानाको घरदेखि विहारी रानाको घरसम्म – १३० मिटर

  • बयर चोकदेखि विक्रम साउदको घरसम्म – ६० मिटर

  • चाक्लेखोला दमौरा सडक – ३७५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • खमौरा ऐर टोल सडक – ४२५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • नमस्ते टावर–दमौरा सडक – २२० मिटर (निर्माण सम्पन्न बाँकी)

  • बसन्तपुर आदर्श टोल – ३२० मिटर

  • फुलवाग टोल – २६० मिटर

  • बासबारी टोल – २४२ मिटर

  • खुश्बु नर्सरी–पश्चिम टोल – २२६ मिटर

  • मनहरा टोल (चन्द्र साहुको घर नजिक) – ८० मिटर

  • मालिका टोल–नर्सरी बाटो – ६२५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • विश्ट चुनारा टोल दक्षिण कटान – २२० मिटर (निर्माण सम्पन्न बाँकी)

  • भण्डारी चिया पसल बाटो – ११५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • वडा नं. ३ र १० जोड्ने सडक – ३२० मिटर (निर्माण सम्पन्न बाँकी)

  • गोदणा टोल सडक – ३५५ मिटर (निर्माण सम्पन्न बाँकी)

  • भोटेडाडा रिङ रोड – ७४० मिटर (निर्माण सम्पन्न बाँकी)

  • बरबट्टा जाने मूल सडक – १९० मिटर

  • मगर टोल सडक – २५१ मिटर

  • नागरिक टोल कालोपत्रे (ड्रेनसहित) – ८४० मिटर

  • जनप्रभातदेखि गोदावरी सडक – ४८० मिटर

  • महाराकाटन हुँदै तीताल डाँडा पुग्ने बाटो – २२८ मिटर

गोदावरी नगरपालिकाले आगामी दिनमा अझ ४ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न गर्ने तयारीमा रहेको जनाएको छ। स्थानीयस्तरमा विकासको आधारशीला मानिने सडक सञ्जाल विस्तारले आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने नगरपालिकाको विश्वास छ।