
धनगढी ः कृष्णपुर नगरपालिका ७ कंचनपुरकी समाजसेवी चन्दा भण्डारीले गोदावरीनगरपालिमा रहेको सुप समाबेसी आधाभुत बिद्यालयमा असाहयलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएकी छन् । भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विहिबार गोदावरीनगरपालिमा रहेको सुप समाबेसी आधाभुत बिद्यालयका अशक्त तथा अपाङ्गता नानी बाबूहरु लाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरि मनाएकी हुन् ।


विद्यालयमा अध्यन्रत शााररिक अशक्त तथा अपाङ्गता भएका विद्यार्थीलाई उनले केहि खर्च कटौति गरेर खाद्यन्न बितरण गरेको बताईन् । आफ्नो जन्मदिनको अवसरमा साहारा घरमा सहयोग गरिएको भन्दै विद्यालय परिवारले भण्डारीलाई धन्याबाद ज्ञापन गरेका छन् ।

































