सुदूरपश्चिमकै पहिलो : डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Image
Nisarga Hospital

डोटी: सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पहिलो जिल्लाका रुपमा डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

CP Hospital Dhangadhi

विहिबार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रमका बिच डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रुपमा घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पाँच वर्षमूनिका बालबालिकाहरुले मापदण्ड अनुसार खोप लगाए/नलगाएको बारे अवस्था पत्ता लगाउन स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष संलग्नतामा माघ महिनाबाट औपचारिक घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए ।

जिल्लाभरीमा घरधुरी सर्वेक्षण गर्दा जिल्लाका ९ वटै पालिकाभरीका १५ महिना मुनिका बालबालिकाको संख्या ३ हजार ४ सय ५३ रहेको र उनिहरुमध्ये शुन्य खोप लगाउनेको संख्या पनि नभेटिएको मलासीले जानकारी दिए । तर ति बालबालिकामध्ये ६ जना बालबालिकाहरुले आंशिक खोप लगाएको पाईए पनि प्रक्रिया अनुसार उनिहरुलाई खोप लगाई सकिएको जनाईएको छ ।

nawajiwan

त्यस्तै १६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको संख्या १० हजार ४ सय १५ जना रहेकोमा त्यसमध्ये ६ जना शुन्य डोज खोप र १ सय १२ जनाले आंशिक खोप लगाएको पाईएको थियो ।

ति सम्पूर्ण बालबालिकाहरुलाई निर्देशिका अनुसार खोप लगाईसकेपछि वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमूख मलासीले जानकारी दिए ।
कार्यक्रमका सभाअध्यक्ष जिल्ला समन्वय समिति डोटीका प्रमूख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले यस अभियानमा अहोरात्र खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुमा एकमुष्ट धन्यवाद ज्ञापन गरेका छन् ।

Attariya Hospital

कूल ६५ वटा वडा रहेको डोटीमा पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा गर्ने पहिलो वडा शिखर नगरपालिका १० र ९ वटा पालिकामध्ये पहिलो पालिका शिखर नगरपालिकालाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न स्वास्थ्यकर्मीहरु र सहयोगी संघसँस्थाहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा डोटीका विभिन्न पालिकाका जनप्रतिनिधीहरु, सुरक्षा निकायमा प्रमूख तथा प्रतिनिधी, स्वास्थ्यकर्मीहरु, गैससकर्मीहरु, सञ्चारकर्मीहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।

नेपालमा आ.व.२०६८/०६९ मा अछामको तत्कालिन भागेश्वर गाउँ विकास समितिलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरी अभियान थालनी गरिएको थियो । जुन कार्यक्रम हाल देशका ७७ वटै जिल्लामा लागु भैरहेको छ ।
डोटी जिल्लालाई पहिलो पटक वि.सं.२०७५ जेठ १९ मा पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको थियो । त्यस यता निर्दिष्ट मापदण्ड पूरा गरी प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिंदै आएको छ ।
जसबाट स्वास्थ्य क्षेत्रमा थुप्रै सकारात्मक उपलब्धी प्राप्त भएको स्वास्थ्यकर्मीहरुको निष्कर्ष छ ।