प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको टोलि पहिलो पटक उरै नाका पुग्यो

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

तिब्बतसँग सिमा जोडिएको उरै नाकाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको टोलीले निरीक्षण गरेको छ । शान्ति सुरक्षा देखि नाकाको अवलोकन गर्न टोलीले उरै भन्ज्याङ स्थित दुई नम्बर सहायक सीमा स्तम्भ लगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको बताइएको छ ।

टोलीमा प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठी , नेपाली सेनाका मेजर रमेश बानियाँ सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा प्रसाद भट्ट, लगाएत सुरक्षा कर्मीको उपस्थिति रहेको थियो ।

nawajiwan

Attariya Hospital

सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा प्रसाद भट्टले ४ दिन पैदल हिँडेर टोली उरै नाका पुगेको बताउनुभयो । उनले ५ हजार २ सय मिटर उचाईमा रहेको २ नम्बर पिल्लर र आसपासको क्षेत्रको अनुगमन गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीले नाकाको अनुगमन गदै यो नाका खोल्ने कुरा आइरहेकाले नाका खोल्न सके सम्भावना धेरै रहेको बताउनुभयो । चीनसँग सीमा जोडिएको बझाङको उरै भन्ज्याङमा पहिलो पटक पुग्दा प्रमुख जिल्ला अधिकारी ठकुराठीले थकाइ भुल्दै भने यो त सुन्दर र सम्भावनाको खानी रहेछ ।’ साथै नाका खोल्ने विषयमा सबैले आफ्नो आफ्नो तहबाट लाग्न जरुरी रहेको र आफूले गर्ने पहल सधै रहने बताउनुभयो ।

समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको उरै क्षेत्रलाई चारैतिर हिमालले घेरेको छ । उक्त ठाउँ देखेर सीमा अवलोकनमा पहिलो पटक पुगेका सबै जना मोहित भएका थिए ।