
धनगढी ः बाजुरा बुढी गंगा नगरपालिका वडा नम्बर ६ बाम्का बजार भएको आगलागी पीडितहरुलाई त्रिबेणि नगरपालिका बाट रु १० लाख सहयोग सहित राहत रकम हस्तान्तरण गरिएको छ ।


उक्त रकम आईतबार त्रिबेणि नगर प्रमुख कर्णबहादुर थापाले बुढिगङ्गा नगर प्रमुख राम बबहादुर बानियाँलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख माया थापा, कमला जैशी न्यौपाने अन्य जनप्रतिनिधिहरु वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागीता रहेको थियो । बाम्कामा जेठ २३ गते भिषण आगलागी भएको थियो । आगलागिबाट १९ करोड बढीको क्षति भएको थियो ।

































