
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२ मा निर्माण हुन लागेको वडा कार्यालय भवनको बिहीबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गरेका हुन ।

नगरप्रमुख बिरेन्द्र भट्टले भवनको शिलान्यास गर्दै गोदावरी नगरपालिका–१२ का नागरिकलाई आधारभूत सेवा सुविधा सुलभ रूपमा प्रदान गर्न यो भवन निर्माण अत्यन्त आवश्यक रहेको बताए। उनले भने, “बिगतमा यस वडामा प्रशासनिक कामकाजका लागि निजी भवन भाडामा लिनुपरेको थियो, जसले सेवा प्रवाहमा समस्या झेल्दै गर्थे ,अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने समयमा आम नागरिकले समयमै, सहज र प्रभावकारी सेवा पाउनेमा आफूले विश्वास लिएको बताएका छन ।

नगरप्रमुख भट्टले वडा कार्यालयको आफ्नै संरचना हुनुले मात्र नभई, स्थानीय शासनमा पारदर्शिता, जवाफदेहिता र जनताको विश्वाससमेत बढ्ने विश्वास व्यक्त गरे। उनले थपे, “स्थानीय तहको मजबुतीकरणको मेरुदण्ड भनेकै सेवा केन्द्रहरूको सुदृढता हो। यस भवन निर्माणपछि वडास्तरीय योजनाहरूको प्रभावकारी कार्यान्वयनमा समेत सहजता आउनेछ।”
कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्काले वडा कार्यालयको अभावले सेवा प्रवाहमा समस्या आएको भन्दै भवन निर्माणले स्थानीय प्रशासन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। साथै वडाकै सबै भेगलाई पाईक पर्ने ठाउँमा सर्वदलिय सहमति अनुसार वडाको प्रशासनिक भवन निर्माण गर्न लागेको बताएका छन ।

शिलान्यास कार्यक्रममा नगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट, वडा न. ११ का वडा प्रेम बहादुर बडैला, वडा न १० का वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ लगायत स्थानिय समाजसेवी, निर्माण कम्पनी, सरोकारवालाको विशेष उपस्थिति रहेको थियो।
वडाकार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गरेका स्थानिय प्रेमबहादुर बडैला र शेरबहादुर लुहार विकलाई कार्यक्रममै नगरप्रमुख बिरेन्द्र भट्टले वडा सभामा टिका र सम्मानपत्रसहित सम्मान गरेका थिए।
नगरपालिकाले चालू आर्थिक वर्षमा वडा नं. १२ का लागि भ्याट सहित ६२ लाख ६५ हजार २८३ रुपैयाँ बजेट विनियोजन गरेको छ। भवन निर्माणको जिम्मा श्री उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रा. लि. लाई दिइएको छ। समय अबधी भित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।








































