सिगासका चुडामणी अवस्थी सहित बैतडीका दशजना उत्कृष्ट खोप कार्यकर्ता सम्मानित

Image
तस्बिर: स्वास्थ्य कार्यालय बैतडीको फेसबुक पेज बाट
Nisarga Hospital

बैतडी: बैतडी जिल्लाम्का १० ओटै स्थानीय तहमा कार्यरत १० जना उत्कृष्ट खोप कार्यकर्ताहरुलाई नगदसहित सम्मान गरिएको छ । हिजो शुक्रबार बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा १० ओटै स्थानीय तहमा कार्यरत १० जना उत्कृष्ट खोप कार्यकर्ताहरुलाई नगदसहित सम्मान गरिएको हो ।

CP Hospital Dhangadhi

बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणमा सहयोग गरेको उत्कृष्ट प्रसंसा गर्दै एक पालिकाबाट एकजना गरेर १० जना उत्कृष्ट खोप कार्यकर्ताहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तिर्थराज भट्टले बताए । खोप कार्यकर्ताहरुको अथक प्रयास र मिहेनतबाट हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न पाइएकाले उनीहरुको कामको कदर गर्दै जनही ५ हजार नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

Attariya Hospital

सम्मनित हुनेमा सिगास गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव चुडामणी अवस्थी सहित दशरथचन्द नगरपालिकाको नागार्जुन स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी प्राची आउजी, पाटन नगरपालिकाको भुमेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी जानकी भट्ट, मेलौली नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र कोटीगाउँमा कार्यरत अहेव दिपकप्रसाद बाग, पुर्चौंडी नगरपालिकाको महादेवस्थान स्वास्थ्यचौकीमा कार्यरत अनमी उषा बम लाइ नगद पुरस्कार सहित सम्मान गरिएको बताइएको छ ।

nawajiwan

यस्तै सुर्नया गाउँपालिकाको वासुलिङ्ग स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी हजारी देवी ऐरी, दोगडाकेदार गाउँपालिकाको रीम स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव मीनराज जोशी, पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी कस्तुरा साउँद, शिवनाथ गाउँपालिकाको उदयदेव आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अनमी राधा चन्द र डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकीमा कार्यरत अहेव खेमकुमारी कार्की लाई सम्मान गरिएको खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

Advertize US