
बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँका ४१ वर्षीय वीरेन्द्र बोहराको भिरबाट लडेर मृत्यु भएको छ।

बिहान घाँस काट्न निस्केका बोहरा बागेडोरा जंगलमा मृत अवस्थामा फेला परेको स्थानीय देवेन्द्र धामीले जानकारी दिए। घर नफर्किएपछि खोजीका क्रममा उनी मृत भेटिएको बताइएको छ।

घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको आशंका गरिएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले जानकारी दिए।

मृतक बोहराका श्रीमती, दुई छोरा र एक छोरी छन्।































