श्रावण महिना सुरु भएसँगै पूजा गर्न सिगास धुरा धाममा श्रदालु भक्तजन आउन थाले

Image
Nisarga Hospital

बैतडी: सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु भएको सँगै बैतडीको सिगास गाउँपालिकामा रहेको सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल सिगास धुरा धाममा पूजाआजा सुरु भएको छ ‌। साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरिन्छ । हरेक वर्ष श्रावण महिनामा सिगास धुरा धाममा पूजाआजा गर्ने गरिएको छ ।

CP Hospital Dhangadhi

सिगास गाउँपालिकाको सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल सिगास धुरा धाममा साउनको महिनाभरी श्रदालु भक्तजनहरूको भीड लाग्ने गरेको छ ‌। श्रावण १ गते अर्थात आजदेखि सिगास धुरा धाममा पूजाआजा गर्ने र दर्शन गर्नेहरु जान थालेका छन् ।

भगवान शिव जी को बासस्थानको रुपमा हेरिने सिगास धुरा धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

nawajiwan
Attariya Hospital

सिगास धुरा धामको पूजाआजा गर्न सिगास गाउँपालिका अन्तर्गतका सबै वडाका भक्तजन, बसाई सराई गरी तराइका जिल्लामा गएका सिगास बासी श्रदालु भक्तजन सहित डडेलधुरा, बझाङ, डोटी जिल्लाका बिभिन्न ठाउँ सहित भारतको उत्तराखण्ड राज्य अन्तर्गत झुलाघाटका श्रदालु भक्तजन पनि जात्रा र पूजाआजाको समयमा विशेष गरी आउने गर्दछन् ।

देवी-देवतामा आस्था राख्ने धर्म संस्कृति प्रति विश्वास गर्ने श्रदालु भक्तजनहरु विशेष गरी निसन्तान, बाझोपन, चर्मरोग लगायतका अन्य रोगहरूको नाश गर्ने सामर्थ्य शिव भगवानमा भएको हुँदा उक्त समस्या भएका श्रदालु भक्तजनहरूको सिगास धुरा धाममा विशेष भिड लाग्ने गर्दछ ।