दृष्टि फाउन्डेशनद्वारा बुढीतोलाबाट मानसिक सन्तुलन गुमाएकी किशोरीको उद्धार

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न.४ बुढीतोला क्षेत्रमा मानसिक सन्तुलन गुमाएकी एक किशोरीको उद्धार गरिएको छ। अत्तरिया हुँदै खानीडाँडा तर्फ सडकमा पैदल हिँडिरहेकी किशोरीलाई स्थानीय समाजसेवी गजेन्द्र पन्तले सडकमा बेवारिसे अवस्थामा देखेको र सुधोपुछ गर्दा मानसिक सन्तुलन गुमाएकी देखे पछि तत्काल दृष्टि फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टलाई जानकारी गराएका थिए।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

सूचना पाएपछि फाउन्डेशनले तत्काल सक्रियता देखाउँदै गोदावरी नगरपालिकासँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाएको हो। उद्धारमा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टका स्वकीय सचिव दिलीप साउद, युवा नेता तथा समाजसेवी हरी भट्टराई र नेपाल तरुणदल गोदावरी नगर सभापति रमेश भट्टराईको समेत सहकार्य रहेको थियो।

oplus_0

उक्त किशोरी करिब १८–१९ वर्षको भएको अनुमान गरिएको छ। उनले आफ्नो नाम वा ठेगाना खुलाउन सक्ने अवस्था भने देखाएकी छैनन्। उनको कपाल फालिएको थियो, र शारीरिक तथा मानसिक अवस्थाबाट उनी गम्भीर समस्यामा रहेको बुझिन्छ।

Attariya Hospital
oplus_0

उद्धारपछि दृष्टि फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टले भनिन्, “असहाय र समस्यामा परेकाहरूलाई सहयोग गर्नु हाम्रो सामाजिक कर्तव्य हो। हामी यस्ता उद्दारलाई निरन्तरता दिन प्रतिबद्ध छौं।”

oplus_0

सामाजिक उत्तरदायित्वका उत्कृष्ट उदाहरणका रूपमा गरिएको यो उद्दार कार्यले सहयोग, समन्वय र मानवियताको बलियो सन्देश दिएको छ।

oplus_0