एसईई ग्रेड वृद्धि परीक्षा : २२ विद्यालयको परीक्षा केन्द्र अर्जुन मावि गाँजरीमा कायम

Image
CP Hospital Dhangadhi

बैतडी:  साउन २९ गते देखि हुने एसईईको ग्रेड वृद्धि परीक्षाका लागि सिगास गाउँपालिका स्थित अर्जुन मावि गाँजरीमा २२ विद्यालयको परीक्षा केन्द्र कायम गरिएको छ । एसईई ग्रेडवृद्धि परीक्षाका लागि बैतडी जिल्लाभर भने सातओटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ

जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेड वृद्धि परीक्षाका लागि जिल्लाभरी सातओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा ननग्रेड आएका र अनुपस्थित भएका परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।

nawajiwan
Attariya Hospital

बैतडीबाट गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा सहभागी भएका ४ हजार २ सय १८ जना परीक्षार्थीमध्ये २ हजार २ सय ६ अर्थात ५२ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसैबिच सिगास गाउँपालिका वडा नं. २ स्थित अर्जुन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा २२ विद्यालयका २३८ जना विद्यार्थीको एसईई ग्रेड वृद्धि परीक्षा हुने भएको छ ।
यी हुन अर्जुन माध्यमिक विद्यालय गाँजरीमा केन्द्र कायम भएका विद्यालय:
१) अर्जुन मावि गाँजरी (साधारण धार) – १२ जना
२) अर्जुन मावि गाँजरी (प्राविधिक धार) – १५ जना
३) शिगास मावि रक्सौन बुढाकोट – २५ जना
४) शारदा मावि ढुङ्गाड – १६ जना
५) उदय मावि गन्सुर ४ जना
६) लेक लुपुड मावि शिवलिङ्ग- १७ जना
७) बालकृष्ण मावि न्वाघर – ६ जना
८) महादेव मावि काँडा – ० जना
९) भुवन भाष्कर मावि चमडेखर्क – १५ जना
१०) गणेश मावि लेकम – २ जना
११) शिवलिङ्ग मावि धौलाडी – २६ जना
१२) भुवनेश्वरी मावि खैरकोट – १ जना
१३) पञ्चोदय मावि इराना – १९ जना
१४) नरेन्द्रपुर मावि बजकोट – १२ जना
१५) भुमिराज मावि थाला – ७ जना
१६) शिव मावि गढतोला – २ जना
१७) शंकर संस्कृत मावि मुलखटाली – ९ जना
१८) रौलेश्वर मावि रामकीबरायल – ४ जना
१९) सिगास मावि मुसे – २२ जना
२०) केदार मावि कठमडा – १ जना
२१) भुवनेश्वर मावि पत्थरकोट – ३ जना
२२) कैलपाल मावि झाडबो – ३ जना
२३) भूमिराज मावि ढोले – १७ जना

तस्बिर: शिक्षा विकास तथा समन्वय इकाई बैतडी