बाजुराको बाम्का बजारको मुहार फेरियो

Image
Nisarga Hospital

बाजुराः २०८२ जेठ २३ गते भिषण आगलागीबाट ध्वस्त भएको बाजुराको बुढीगङ्गा नगरपालिका–६ को बाम्का बजारको मुहार यतिबेला फेरिँदै गएको छ।

CP Hospital Dhangadhi

यहाँको मुख्य व्यापारी केन्द्रको रुपमा चिनिँदै आएको यो बजारमा गत जेठ २३ गते नवदुर्गा होटेलमा राखेको सिलिन्डर ग्यास पड्किएर भिषण आगलागी भएको थियो। आगलागीबाट यहाँका झण्डै ३६ वटा पसल जलेर पूरै नष्ट भएका थिए।

अहिले यहाँका स्थानीय प्रदेश तथा सङ्घीय सरकार लगायतका विभिन्न सङ्घ संस्था समाजसेवीको आर्थिक सहयोगले आगलागीबाट ध्वस्त भएको यो बाम्का बजार पुनर्निर्माण भएसँगै यसको स्वरुप पनि फेरिँदै गएको हो।

nawajiwan

२०६३ सालदेखि यहाँ सोलार र बिजुलीको पसल राखेर व्यापार गर्दै आएको थिएँ। गत जेठ २३ गते पसल पूरै जलेर नष्ट भयो। अहिले मेरा इष्टमित्र लगायतको सहयोगी दाताको सहयोगले फेरि त्यो पसल पुनर्निर्माण गरि पुनः सञ्चालनमा ल्याएको पीडित दीपक साउदले बताए। उनले भने, “बाहिरका लागि यो बाम्का बजार बजार देखिए पनि हामीहरुको यहाँ घरबास नै थियो । यहाँ बसेको झण्डै १९ वर्ष भयो। अहिले यहाँदेखि अन्य ठाउँमा पनि जान सकिँदैन। जाने पो कसरी अन्य कतै ठाउँ पनि छैन।”

Attariya Hospital

अहिले आफन्त इष्टमित्रहरुले गरेको यो सानो सहयोगले पुनः पसल निर्माण गरी व्यापार सुरु गरे पनि आर्थिक कारोबारको भने निकै समस्या भएको आगलागी पीडित साउदले बताए। बाम्का बजार बाजुराको एक मुख्य बजारको हो। यहाँका अन्य बजारभन्दा यो बजारमा बढी कारोबार हुन्थ्यो। गत जेठ २३ गते आगलागीबाट बजार नष्ट भएपछि केही समय यो बजार नै उराठ लाग्दो थियो। अहिले यसको पुनर्निर्माण गरेसँगै यसको स्वरुप नै बदलिएको छ।

अहिले बजारको स्वरुप बदलिए पनि यहाँका आगलागी पीडितको भने मन शान्त भएको छैन। यहाँका व्यापारीहरुले २० वर्ष व्यापार गरेर कमाइ गरेको सबै सम्पत्ति केही मिनेटमा स्वाहा भएपछि त्यो सम्पत्ति कसरी जोड्ने भन्ने उनीहरुको मनमा पीडा थपिएको छ। यो बजार त्रिवेणी, बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका लगायतका स्थानीयको दैनिक कारोबार गर्ने ठाउँ हो।

यो तीन स्थानीय तहको संङ्गम स्थल पनि हो। यो बजारमा लुगा कपडा र दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा पाइने गरेकाले पनि जिल्लाका अन्य बजारभन्दा यो बजारमा चहल पहल बढी हुने गर्छ। जेठ २३ गते आगलागी हुँदा यहाँका ३६ पसलमा झण्डै १५ करोडभन्दा बढीको धनमालको क्षति भएको थियो। यहाँका घर टहरा सबै जलेर नष्ट भएका थिए। ती टहरा निर्माणका लागि पछिल्लो समय विभिन्न ठाउँदेखि रकम आएकाले अहिले बाम्का बजारमा फेरि सो टहरा निर्माण भएका छन्।

खाद्यान्न लुगा कपडा र नगद गरी झण्डै एक करोडभन्दा बढी सहयोग प्राप्त भएको थियो। केही दिन पहिला आगलागी हुँदा कुरूप देखिएको यो बजार अहिले फेरि मुहार फेर्दै गएको जिल्ला प्रशसान कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक मेघनाथ पाध्याले बताए।

Advertize US