गोदावरी नगरपालिकाद्वारा अत्तरिया–धनगढी ६-लेन सडकमा वृक्षारोपणको काम पुनः सुरु

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया–धनगढी ६-लेन सडक खण्डमा वृक्षारोपण अभियानलाई पुनः सुरु गरेको छ। सडकको बीच भाग र दायाँ–बायाँको पैदल मार्गमा तारजाली ट्रीगार्ड सहित विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने, सडक बत्ती जडान गर्ने र सडकको सौन्दर्यीकरण गर्ने कार्यलाई नगरपालिकाले तीव्रता दिएको छ।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

नगरपालिकाका अनुसार अत्तरिया देखी धनगढी उपमहानगरपालिकाको सिमा क्षेत्रमा कपुर, गोल्ड मोहर, छतिवन, घण्टेश्वरी, गुलाब, सिरोज, फ्लावरिङ्ग केक्टस, धुपी, एक्जारो गोल्ड मोहर, सीता असोक, बिरेन्द्र फूल, कञ्जु गुलाब, म्याङ्गो स्ट्रिम लगायत सडकलाई असर नपर्ने जातका बिरुवा रोपिँदैछन्।

oplus_0

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, विगतमा ‘प्लानेट ग्रिन नेपाल’ संस्थाले केही वृक्षारोपण गरेको भए पनि धेरै स्थान खाली रहेका थिए। यसपटक तारजालीसहित बिरुवा रोप्ने मात्र नभई टि-गार्डमार्फत संरक्षणको व्यवस्थासमेत गरिएको छ। उनले भने, “स्वच्छ र सफा नगरका लागि वृक्षारोपण आवश्यक छ। तर, बिरुवा जोगाउन स्थानीयको सक्रिय सहयोग अपरिहार्य रहेको समेत वताएका छन ।

Attariya Hospital
oplus_0

नगरपालिकाले पुरानो मलिलो नभएको माटो फेरेर नयाँ मलिलो माटो, जैविक मलसहित वृक्षारोपण गरिरहेको छ। यसअघि सडक बत्ती जडान गर्ने योजना विभिन्न कारणले रोकिनु परे पनि यसपटक भने सफलतापूर्वक जडान भएको र केही दिनमै झिलिमिली सडक बत्ती बालिने नगर प्रमुख भट्टले जानकारी दिए।

oplus_0

स्थानीयवासी र समाजका प्रतिनिधिहरूले यो अभियानलाई स्वागत गरेका छन्। अर्जुन चन्दले यसलाई वातावरणमैत्री सडक निर्माणतर्फको महत्वपूर्ण कदम भन्दै प्रशंसा गरे। उनले भने, “यो केवल चर्चाको लागि मात्र होइन, दीर्घकालीन संरक्षण र रेखदेखसमेत गर्नुपर्छ।”

oplus_0

नगरपालिकाले ‘क्लिन गोदावरी, ग्रीन गोदावरी’ अभियानअन्तर्गत वृक्षारोपणसँगै प्लास्टिक झोला निषेधको नीति पनि लागू गर्दै आएको छ।