कैलाली जनपुस्तकालयको अध्यक्ष पदमा शिवराज ओझाको दावी

Image
Nisarga Hospital

धनगढी ः कैलाली जनपुस्तकालय धनगढीको आगामी अध्यक्ष पदमा शिवराज ओझाले उम्मेदवारी घोषणा गर्नुभएको छ। पुस्तकालयलाई व्यवस्थित र नवीन शैलीमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ओझाले आफूले अहिलेको भन्दा फरक र प्रभावकारी ढङ्गले काम गर्ने बताउनुभयो।
उहाँले कैलाली जनपुस्तकालयका सम्पूर्ण सदस्यहरूलाई आफूलाई अमूल्य मत प्रदान गरी सहयोग गर्न अपिल गर्नुभएको छ। ओझाले हालसम्म पुस्तकालयको दुई पटक उपाध्यक्ष र एक पटक सदस्यको जिम्मेवारी सम्हालिसकेको अनुभव सुनाउँदै सबैको साथ र सहयोगले आफू निर्विरोध निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो।

CP Hospital Dhangadhi
Attariya Hospital

आगामी भाद्र १८ गते हुने निर्वाचनमा सहभागी हुन उहाँले सबैलाई आह्वान गर्नुभएको छ। पुस्तकालयको विकास र सुधारका लागि आफ्नो उम्मेदवारीले नयाँ दिशा प्रदान गर्ने ओझाको भनाइ छ। जनपुस्तकालयमा जम्मा सदस्यता  / मतदाता सँख्या ८२० रहेको छ ।

nawajiwan