अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा रक्तदान

Image
Nisarga Hospital

धनगढी ः “दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिका आधार” भन्ने मुल नाराका साथ आज बिश्वभरि २५ औं अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रम गरि मनाइदैछ । यसै सन्दर्भमा घोडाघोडी नगरपालिका १० पहलवानपुरमा रहेको सहारा युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

CP Hospital Dhangadhi

रक्तदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सर्वाधिक सतक रक्तदाता रक्तदान सदभावना दुत दीपक उपाध्यायले ११० औं पटक रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा उपाध्याय सहित ५१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष निर्मल कुमार मिश्रले जानकारी दिए । त्यसैगरि, अन्तराष्ट्रिय युवा दिवसकै अवसर पारेर नेपाली युवा उधमी मंच धनगढी च्यापटरले समेत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको मंचका अध्यक्ष अच्युत दहालले बताए । सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित आफु स्वयम ११० औं पटक रक्तदान गरि रक्तदानको क्षेत्रमा उल्लेखनिय सकारात्मक भुमिका निर्वाह गरेको भन्दै सहारा क्लब पहलवानपुरले उपाध्यायलाई सम्मान गरेको छ ।

Attariya Hospital

उपाध्यायलाई घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावत र क्लबका अध्यक्ष निर्मल मिश्रले प्रशंसापत्र सहित सम्मान गरेका छन । यसैगरि, नेपाली युवा उधमी मंच धनगढीले समेत उपाध्यायलाई सम्मान गरेको छ । मंचका अध्यक्ष दहाल र संस्थापक अध्यक्ष पुष्कर ओझाले रक्तदानको क्षेत्रमा अहोरात्र खटी स्वयम सयौं पटक रक्तदान गरि रगतको अभावमा रहेका हज्जारौको जीवन बचाउन खेलेको भुमिकाको प्रशंसा गर्दै उपाध्यायलाई दोहल्ला प्रशंसापत्र र नगद सहित सम्मान गरेको मंचका प्रथम उपाध्यक्ष आशिष शाहले बताए ।

nawajiwan

सन १९९८ मा, पोर्चुगल सरकारले संयुक्त राष्ट्र संघको सहयोगमा आयोजना गरेको युवाका लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको पहिलो सत्रले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । त्यो सिफारिसलाई पछि महासभाको चौपन्नौं सत्रले “युवाहरू संलग्न नीतिहरू र कार्यक्रमहरू” शीर्षकको प्रस्ताव सन १९९९ मा अनुमोदन गरेको दिनदेखि प्रत्येक बर्षको १२ अगस्टका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै आएको छ ।

Advertize US