
जिल्ला प्रशासन कार्यालय बझाङले सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठीको नेतृत्वमा जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रमा आज छड्के अनुगमन गरिएको हो । सरकारी तथा सार्वजनिक सेवा प्रवाहका क्रममा सेवाग्राहीले कुनै सास्ती भोग्न नपरोस् र सहज रूपमा सेवा प्रवाह होस् भन्ने उदेश्यले अनुगमन गरिएको हो ।

हामीले कार्यालय प्रमुखको मासिक बैठकमा पनि सेवा प्रवाह सहज बनाउन छलफल गरिरहेका हुन्छौँ, यद्यपि सेवाग्राहीको गुनासो भने आइरहेकै छ, त्यसैले सरकारी कार्यालयका सेवालाई प्रभावकारी र सहज बनाउन अनुगमनको अभियान नै थालनी गरेका छौँ, यसले सेवामा सुधार आउँछ भन्ने अपेक्षा लिएका छौँ ।”प्रजिअ ठकुराठीले बताउनुभयो ।
अनुगमनका क्रममा कृषि ज्ञान केन्द्रका एक जना कर्मचारी बिना जानकारी अनुपस्थित भएको पाइएकाले स्पस्टिकरण दिन भनिएको छ । आगामी दिनमा बिदा जानकारी , बिदा स्वीकृत नगरी कार्यालयमा उपस्थित भएको पाइएमा अनुपस्थित भएको समयको एक पटकका लागी सेवा सुविधा बाट वञ्चित गरीने प्रजिअ कैलास ठकुराठीले बताउनुभयो ।


साथै अनुगमन गरिएका कार्यालयमा निजामती पोसाक अनिवार्य लगाउन, सेवा प्रवाहलाई छिटोछरितो गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको उहाँले जानकारी दिए ।
आगामी दिनमा अन्य सरकारी कार्यालयमा अनुगमन गरीने भएकाले कर्मचारीलाई नागरिक प्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ ठकुराठीले आग्रह गरे ।


















