धनगढीमा हरितालिका तीज भव्यताका साथ मनाइने

Image
Nisarga Hospital

धनगढी : हिन्दू नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा बाजुरेली सेवा समाज धनगढी कैलालीको आयोजनामा भदौ ७ गते भव्य कार्यक्रम आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित रिद्धि सिद्धि पार्टी प्यालेसमा उक्त तीज मिलन कार्यक्रम सम्पन्न हुने समाजका अध्यक्ष भरतबहादुर केसीले जानकारी दिए।

CP Hospital Dhangadhi

बाजुरेली सेवा समाजले हरेक वर्ष हरितालिका तीजलाई विशेष उत्साहका साथ मनाउँदै आएको छ। यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै महिला दिदीबहिनीहरूबीच सुख-दुख साटासाट गर्न, आपसी भेटघाट र भाइचारा सम्बन्ध कायम राख्न यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले बताए। “यो चाड वर्षमा एकपटक आउँछ, र हाम्रो उद्देश्य हाम्रा दिदीबहिनीहरूलाई एकजुट बनाएर सांस्कृतिक र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनु हो,” उनले थपे।

Attariya Hospital

बाजुरेली सेवा समाजले सुदूरपश्चिममा मनाइने यस्ता सांस्कृतिक चाडपर्वहरूलाई प्राथमिकतामा राखेर हर्षोल्लासका साथ मनाउँदै आएको छ। पछिल्लो समय समाजले यस्ता कार्यक्रमहरूलाई थप व्यवस्थित र उत्साहपूर्ण बनाउँदै सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने कार्यमा सक्रियता देखाएको छ।

nawajiwan

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत-संगीत र तीजको विशेष महत्व झल्कने गतिविधिहरू समावेश हुने अपेक्षा गरिएको छ। स्थानीय समुदाय र बाजुरेलीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप रौनकमय बनाउने विश्वास आयोजकले लिएको छ।